काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट जोगिन भन्दै अस्ट्रेलियास्थित नेपाली दूतावासले त्यहाँका नेपालीहरूलाई प्रदान गर्ने सेवाप्रवाहमा वैकल्पिक व्यवस्था गरेको छ।
दूतावासले राहदानी नवीकरण, यात्रा अनुमति-पत्र, गैरआवासीय नेपाली परिचय-पत्र, भीसा र सवारी चालक अनुमति-पत्र लगायतका कागजात प्रमाणिकरणका लागि प्रत्यक्ष उपस्थित नहुन सूचित गरेको छ। यी सबै कामका लागि हुलाकको माध्यम अपनाउन पनि दूतावासले भनेको छ।
त्यस्तै अधिकृत वारेसनामा, मञ्जुरीनामा लगायत दूतावासमा स्वयं उपस्थित भई सहीछाप गरिदिनुपर्ने काममा बाहेक अन्य काममा दूतावास नआउन भनिएको छ। अन्य काम लिएर आउन पर्नेहरूलाई १० बजेदेखि १ बजेसम्मको समय (बिदाको दिन बाहेक) दिइएको छ। यसरी दूतावास जाँदा पहिले नै टेलिफोनबाट सम्पर्क गरी स्वीकृती लिनुपर्ने छ।
कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको र त्यहाँको सरकारले पनि उच्चस्तरको सावधानी अपनाउन आह्वान गरेपछि नेपाली दूतावासले यस्तो कदम चालेको हो। अस्ट्रेलियन सरकार र नेपाल सरकारको निर्देशन तथा सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गर्दै दूतावासबाट प्रवाह हुने सेवामा वैकल्पिक व्यवस्था गरिएको दूतावसले जनाएको छ।
अस्ट्रेलियामा हालसम्म ३७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, ५ जनाको मृत्यु भइसकेको छ।