लागुऔषधसहित ३ जना पक्राउ <p>लहान। प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका-१ कचनारीबाट ३ जना युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका&ndash; ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन्।</p> <p>भारतबाट नेपालतर्फ पैदल आउँदै उनीहरुमााथि शंका लागेर शरीर खानतलासी गर्दा तीनै जनाको&nbsp;साथबाट नाइट्रोभेट ट्याब्लेट ३०० गोटा बरामद भएको प्रहरीले जनाएको छ। <em>रासस</em>&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्