काठमाडौं। सप्तरीका फेकन रामले काठमाडौंमा जुत्ता पालिस गर्न थालेको २० वर्ष भयो। जुत्ता पालिस गरेरै उनले आफ्नो र परिवारकै जीवन धानेका छन्।
काठमाडौंमा साथीसँग मिलेर भाडामा बस्ने उनले श्रीमती, छोरा र छोरीलाई सप्तरीमा राखेका छन्।
“कहिलेकाहीँ दिनको ५०० जति कमाइ हुन्छ। कहिले त त्यो पनि हुँदैन। त्यही पैसाले कोठा भाडा तिर्छु, छाक टार्छु। बचेको पैसा घर पठाउँछु”, उनी भन्छन्।
कोभिड-१९को त्रास फैलिएसँगै उनको चिन्ता बढेको छ।
“काठमाडौंमा बस्न नसक्ने भए गाउँ जानुपर्ला, अरु के गर्न सक्छु र ?”, उनी भन्छन्, “काम रोकिने भयो।”
चिन्ता त उर्मिला खत्रीलाई पनि थपिएको छ। ज्यालादारी मजदुर हुन् उनी। १५ वर्ष भयो यो काम गर्न थालेको। उनका मिर्गाैला रोगपीडित श्रीमानको पाँच वर्षअघि निधन भइसकेको छ। दैनिक ६५० रूपैयाँ कमाउने उनले घर–परिवार धान्नुपर्छ।
“यही पैसाले दैनिकी टार्दै आएकी छु”, उनी भन्छिन्, “कोरोना भाइरस आए त आपतै पर्छ। हुनेले पो खान्छन्, नहुनेले के गर्नू!”
उर्मिलासँगै काम गर्ने दीपा ब्राह्मण पनि ५ वर्षदेखि ज्यालादारी मजदुरी गर्छिन्। उनलाई पनि कोभिड–१९ को महामारी फैलिए के गर्ने भन्ने चिन्ता छ।
“काम नै भएन भने घरमै बस्नपर्यो। घरखर्च कसरी चलाउने ?”, उनको चिन्ता छ।
“कोरोना भाइरस आए त आपतै पर्छ। हुनेले पो खान्छन्, नहुनेले के गर्नू!” -प्रदीप श्रेष्ठ, भरिया
काठमाडौंमा भरियाको काम गर्ने रामेछापका प्रदीप श्रेष्ठलाई त कोभिड–१९ को त्रासले अहिले नै अप्ठ्यारो पारिसकेको छ। तीन वर्षदेखि यही काम गर्दै आएका उनी दैनिक १५ सय रूपैयाँसम्म कमाइ हुने बताउँछन्। यत्ति पैसा कमाउन उनले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म भारी बोक्नुपर्छ।
“यो कमाइले बचत कहाँ हुन्छ, खान लाउनमै ठिक्क हुन्छ, कोठा भाडामै खर्च सकिन्छ”, उनी भन्छन्, “आजभोली कोरोना (संक्रमणको त्रास) कै कारणले काम भेट्न अप्ठेरो भएको छ, अलि अलि काम पाइरहेको छु, काम नै बन्द भयो भने त धौ–धौ हुन्छ।”
न्यूरोड, महाबौद्ध, इन्द्रचोकमा भरियाको काम गर्दै आएका उनी निकै चिन्तित भेटिए। भने, “पर्सीदेखि काम नै पाइन्न भने हल्ला सुन्दैछु।”
इन्द्रचोकमै भरियाको काम गर्ने केशव दाहाललाई पनि कोभिड-१९ को सन्त्रासले सताएको छ। यही हल्लाका कारण उनले काम नपाएको बताए।
“बिहान ५ बजे यहाँ आएर बसेको छु, तर काम पाएको छैन”, दिउँसो २ बजे भेटिएका दाहालले भने, “सरकारले केही व्यवस्था गरिदिनुपर्छ हामीलाई, नभए हामी अलपत्र पर्छौं, कहाँ जाने, के खाने ?”
“अहिलेसम्म अनौपचारिक क्षेत्रमा काम गर्नेहरूका लागि कुनै पनि ठोस कार्यक्रम बनाइएको छैन।” -सुमन कोइराला, सामाजिक सुरक्षा मन्त्रालयका सचिव
कोभिड–१९ को महामारी शुरू भएपछि चीनबाट सामान आउन बन्द भयो। जसले गर्दा काठमाडौंको व्यापारीक केन्द्र मानिने काठमाडौंको महाबौद्ध क्षेत्रको बजार सुनसान भयो । बजार सुनसान हुँदा त्यहाँ सामान ओसारपोसर गर्ने भरियाहरूले काम पाउन छोडेका छन्।
“हामी जस्ता गरीबको सरकारसँग अनुरोध छ, यतिकै नछाडियोस्”, दाहालले भने।
सरकारसँग छैन कुनै योजना
माथिका यी उदाहरणले कोभिड–१९ को सन्त्रास बढ्दै जाँदा अनौपचारिक क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारीमा आश्रित श्रमिकहरूको चिन्ता बढिरहेको देखाउँछ। तर, सरकारसँग भने कोभिड–१९ को महामारी नेपालमा पनि फैलिइहाले यी श्रमिकको जीवन सुरक्षा कसरी गर्ने भन्ने कुनै योजना छैन। सरकारलाई त यस्ता ज्यालादारी श्रमिक कति छन् भन्ने पनि थाहा छैन।
“अहिलेसम्म अनौपचारिक क्षेत्रमा काम गर्नेहरूका लागि कुनै पनि ठोस कार्यक्रम बनाइएको छैन”, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुमन कोइराला भन्छन्, “श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसबारे अध्ययन भने शुरू गरेको छ।”
उनले नेपालको अर्थतन्त्रमा करीब ४० प्रतिशत क्षेत्र अनौपचारिक क्षेत्रले समेटेको उल्लेख गरे। तर, यो आँकडाले ज्यालादारी मजदुरीबाट जीविका चलाउनेहरूको सही तथ्यांक भने दिँदैन।
उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि कोरोनाका कारण अर्थतन्त्रमा पर्न सक्ने संकटको अध्ययन गरिरहेको बताए।
“राज्य सबै नागरिकको अभिभावक हो, आफ्ना नागरिकको सुरक्षा गर्नु दायित्व हो।” - अर्थविद् डा. चन्द्रमणि अधिकारी
अर्थविद् डा. चन्द्रमणि अधिकारी भने स्वरोजगार वा दैनिक ज्यालादारी मजदुरी गर्नेहरूलाई राज्यले पहिचान गरेर तत्काल उनीहरूको जीवनयापन सुनिश्चित गर्नुपर्ने बताउँछन्।
“त्यस्ता व्यापार–व्यवसाय र श्रम गर्नेलाई पहिचान गरेर पछि उनीहरूबाट लिने गरी वा अनुदानको रूपमा निश्चित नगद दिने व्यवस्था गर्न सकिन्छ”, उनले भने, “राज्य सबै नागरिकको अभिभावक हो, आफ्ना नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व हो।”
काम नै बन्द भएको अवस्थामा सरकारी स्टोरबाट सहुलियत मूल्यमा सामग्री बेच्नुपर्ने र स्वास्थ्य सेवाका लागि पहलकदमी लिनुपर्ने उनले बताए।
" /> काठमाडौं। सप्तरीका फेकन रामले काठमाडौंमा जुत्ता पालिस गर्न थालेको २० वर्ष भयो। जुत्ता पालिस गरेरै उनले आफ्नो र परिवारकै जीवन धानेका छन्।काठमाडौंमा साथीसँग मिलेर भाडामा बस्ने उनले श्रीमती, छोरा र छोरीलाई सप्तरीमा राखेका छन्।

">