विद्यालय, विश्वविद्यालय र रंगशालादेखि सिनेमा हलसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट जोगिन सतर्कता अपनाउने भन्दै शिक्षण संस्थादेखि मनोरञ्जनका सबै गतिविधि डेढ महीनासम्म बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आउँदो १८ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको हो।

सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरिएको छ।

त्यस्तै सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला हुन रोक लगाउने निर्णयसमेत समितिले गरेको छ।

यस्तै बाल विकास केन्द्र, विद्यालय, विश्वविद्यालयहरूकाे पठनपाठन भने चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्