कोभिड-१९ बारे भ्रम सिर्जना हुने अभिव्यक्ति दिए कारबाही गर्ने सरकारको चेतावनी
काठमाडौं। सरकारले कोभिड-१९ महामारीबारे सर्वसाधारणमा भ्रम सिर्जना हुने कुनै पनि अभिव्यक्ति दिनेलाई कारवाही गर्ने चेतावनी दिएको छ।

आज बसेको ‘कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति’को बैठकले यस्तो चेतावनी दिएको हो।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको बैठकले गरेको निर्णयमा भनिएको छ, “सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुनेगरी कुनै पनि सञ्चारमाध्यम (सामाजिक सञ्जालसमेत)बाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानून बमोजिम कडा कारवाही गरिनेछ।”

नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना भाइरसेको संक्रमण भएको पुष्टि भएको छ। चीनबाट आएका ती व्यक्ति निको भएर घर फर्किसकेका छन्।

तर, केही व्यक्तिले भने सार्वजनिक कार्यक्रमहरूमा नै कोरोना भाइरसको संक्रमण धेरैमा फैलिएको हुनसक्ने अभिव्यक्ति दिइरहेका छन्। समाजमा स्थापित व्यक्तिहरूले कोरोना संक्रमित भएको तर सरकारले तथ्यांक लुकाएको आरोप लगाएर अभिव्यक्ति दिँदा जनमानसमा त्रास फैलिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्