काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ बाट बच्न सरकारले तयारी तीब्र बनाएको छ। त्यसका लागि सरकारले २५ जनाभन्दा बढी मानिसलाई भेला हुन प्रतिबन्ध लगाएको छ।

रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको आठौं बैठकले सार्वजनिकस्थलमा २५ जना भन्दा धेरै भेला नहुन पनि भनेको छ।

यसैगरी, समितिले विद्यालय, विश्वविद्यालय र रंगशालादेखि सिनेमा हलसम्म बन्द गर्ने निर्णय पनि गरेको छ।

यस्ता छन् १५ निर्णयः

-कोभिड-१९ रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूबाट उपचार गराउने व्यवस्था मिलाउने।

-सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लव आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने। यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने।

-अत्यावश्यक कामका बाहेक आवतजावत, हिँडडुल नगर्ने। सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जना भन्दा बढी मानिसहरू भेला हुन बन्द गर्ने। सोको अनुगमन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने।

-प्रकरण २ र ३ को कार्यान्वयन अनुगमन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने।

-सार्वजनिक सवारीसाधनहरूमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने। साथै सर्वसाधारण नागरिकहरूलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गर्ने। यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने।

-सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय-समयमा सवारीसाधनलाई संक्रमणमुक्त गर्न लगाउने। यस कार्यको अनुगमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्ने।

-मानिसहरूको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलहरूमा स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) ले दैनिक रूपमा निश्चित समयको अन्तरालमा सरसफाइ एवं संक्रमणमुक्त गर्ने। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले आवश्यक समन्वय गरी उक्त कार्यको अनुगमन गर्ने।

-बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव श्रृजना गर्ने, जम्माखोरी, कालो बजारी, मिसावट गर्ने, गराउनेलाई तत्काल प्रचलित कानून बमोजिम कारबाही गर्ने। दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरूको पर्याप्त मौज्दात भएकोले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामग्रीहरू खरीद र अनावश्यक सञ्चय नगर्न अनुरोध गर्ने। यस कार्यको अनुगमन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने गराउने।

-आवगमनमा लगाएको प्रतिबन्धको कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकहरूको भिषा अवधि नियमित गर्न निर्धारित भिषा अवधिभित्र आवेदन गरेमा प्रचलित कानून बमोजिम भिषा नियमित गरिदिने। यस कार्यका लागि गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयले समन्वय गर्ने।

-युरोपका सबै मुलुकहरू, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने। यस सम्बन्धी सूचना विदेशीस्थित कूटनीतिक नियोगहरूमा र आवश्यक अन्य निकायहरूमा सम्प्रेषण गर्ने।

-कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफैं उडान रद्द गरेको अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाइ टिकट रद्द गर्दा पुरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने। यस कार्यको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने।

-२०७६ चैत्र ६ गते देखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रूपमा सम्पन्न गर्ने। तर, बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरू र विश्वविद्यालयहरूका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने।

-होटेल, रेष्टुरेन्ट तथा सपिङ्ग महलका संचालकहरूलाई हात सफा गर्ने (स्यानिटराइज) लगायत सफाइका सामग्रीहरूको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ्ग र शौचालय आदी स्थानहरूमा नियमित रूपमा संक्रमणमुक्त गर्न लगाउने। साथै तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी उक्त स्थानहरूमा प्रवेश गर्ने व्यक्तिहरूको स्वास्थ्य जाँच  गर्ने।

-अवैध रूपमा लुकाइ राखिएका अवस्थामा फेला परी गृह मन्त्रालयबाट जफत गरिएका मास्कहरूमध्ये ५ लाख थान मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र बाँकी मास्क साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत् विक्री-वितरण गर्ने प्रबन्धका लागि पठाउने।

-सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरी कुनै पनि सञ्चार माध्यम (सामाजिक सञ्जाल समेत) बाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानून बमोजिम कडा कारबाही गरिनेछ।

" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ बाट बच्न सरकारले तयारी तीब्र बनाएको छ। त्यसका लागि सरकारले २५ जनाभन्दा बढी मानिसलाई भेला हुन प्रतिबन्ध लगाएको छ।

"> कोभिड-१९ महामारीसँग जुध्न सरकारले गर्‍यो १५ निर्णय (सूचीसहित): Dekhapadhi
कोभिड-१९ महामारीसँग जुध्न सरकारले गर्‍यो १५ निर्णय (सूचीसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्