काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ को असर र प्रभाव पनि संसारभर नै बढ्दो छ।
यसको सीधा असर जनस्वास्थ्यसँग जोडिएको छ। हजारौंको मृत्यु र संक्रमितको संख्या लाखौंमा पुग्न थालेको छ। यसले अन्य क्षेत्रमा पारेको असरसँगै नेपालको पर्यटन क्षेत्रको अवस्था के होला भन्ने चिन्ता पनि शुरू भएको छ।
अहिले कोभिड-१९ को सन्त्रासमा ठप्पप्रायः हुनपुगेको कुनै क्षेत्र छ भने त्यो पर्यटन नै देखिन्छ। हवाई यातायातदेखि होटल व्यवसायसमेत यसबाट नराम्ररी प्रभावित हुन पुगेका छन्। कोभिड-१९ को असरले नेपालको पर्यटन क्षेत्रको भविष्य के होला त ?
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशी भने पर्यटन क्षेत्र अहिले प्रभावित भए पनि पर्यटन व्यवसायी आत्तिनु पर्ने अवस्था नै नआइसकेको बताउँछन्।
“नेपालको पर्यटन सँधै समस्याबाटै गुज्रिँदै आएको हो। भूकम्पका बेला यो अब पाँच वर्ष माथि उठ्न नसक्ने भयो भनिएको थियो। तर, स्थिति त्यस्तो भएन”, देखापढीसँगको कुराकानीमा जोशीले भने, “अहिले पनि यो संक्रमण धेरै रहँदैन। आगामी अगस्टबाट पुनः पर्यटन क्षेत्र पहिलेकै अवस्थामा फर्किने अन्तर्राष्ट्रिय संघ-संस्थाहरूले आकलन गरेका छन्।”
अहिले पर्यटक नेपाल नआएको र पर्यटन क्षेत्रका व्यवसायीहरू फुर्सदमा रहेकाले यो समयलाई व्यवसाय अझ मजबुत बनाउने पूर्वतयारीमा केन्द्रित हुनुपर्ने जोशीले बताए।
उनले भने, “३० भन्दा बढी गन्तव्यमा हाम्रो कनेक्टिभिटी थियो। हस्पिटालिटीमा यो सिजन करीब ८० प्रतिशत अकुपेन्सी हुने बेला हो। केही समयअघि त्यो २० प्रतिशतको हाराहारीमा झरेको थियो। विमानस्थलमा कडाई गरेपछि त्यो पनि घटेको छ।”
अघिल्लो वर्षको तुलनामा जनवरीमा एक प्रतिशत मात्रै पर्यटक आगमन घटेको उनले बताए। त्यसबेला चीनबाट पर्यटक नआएकाले आगमन घटेको तथ्याङ्क देखिए पनि सोही समयमा थाइल्याण्ड, मलेसिया र सिंगापुरबाट आउने पर्यटकको संख्या करीब १२ सय प्रतिशतले बढेको उनले बताए।
मार्च महीनापछि भने पर्यटकको आगमन घटेको र यस्तो अवस्था बढीमा तीन–चार महीनामात्र रहने पर्यटन क्षेत्रका अन्तर्राष्ट्रिय संस्थाले आकलन गरेको उनको भनाइ छ।
हस्पिटालिटी, एअरलाइन्स लगायतका क्षेत्र ‘लक डाउन’ हुँदा अहिले नेपालमा पर्यटन क्षेत्रका करीब चार लाख मानिसको रोजगारी जोखिममा परेको उनले बताए।
" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ को असर र प्रभाव पनि संसारभर नै बढ्दो छ।यसको सीधा असर जनस्वास्थ्यसँग जोडिएको छ। हजारौंको मृत्यु र संक्रमितको संख्या लाखौंमा पुग्न थालेको छ। यसले अन्य क्षेत्रमा पारेको असरसँगै नेपालको पर्यटन क्षेत्रको अवस्था के होला भन्ने चिन्ता पनि शुरू भएको छ।

">