काठमाडौं। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख नाघेको छ। मृत्यु हुनेको संख्या ८ हजार पुगेको सीएनएनले जनाएको छ।
तर विश्व स्वास्थ्य संगठनले भने अहिले ८ बजेसम्म गरेको अपडेट अनुसार एक लाख ९४ हजार २९ जनामा कोरोनाको संक्रमण भेटिएको उल्लेख छ। त्यस्तै उसका अनुसार सात हजार ८७३ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमण हालसम्म विश्वका १६४ देशमा फैलिइसकेको छ। सीएनएनको अनलाइन संस्करणले जनाए अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १०७ जनाको मृत्यु भइसकेको छ भने पाँच हजार ७०० जनाभन्दा बढी मानिसमा संक्रमण देखिएको छ। अमेरिकाको ५० वटै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ।
उता कोरोना भाइरसको उद्गम भएको चीनमा भने त्यहाँको सरकारले चालेको कदम प्रभावकारी सावित हुँदै गएको छ। चीनमा पछिल्लो समय १ जना मात्र कोरोना भाइरस संक्रमण भएका विरामी भेटिएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ।