शिक्षामन्त्री भन्छन्– ‘चैतमा हुने त्रिविलगायत सबै परीक्षा स्थगित’
<p>काठमाडौं। विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सबै विश्वविद्यालयहरूको चैत महीनामा हुने परीक्षा स्थगित भएको बताएका छन्।</p>
<p>शिक्षा मन्त्रालयमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले भने, “अहिलेको विद्यमान परिस्थितिलाई मूल्यांकन गरेर एसईईलगायत विश्वविद्यालयको परीक्षा स्थगित गर्ने निर्णय भएको हो।”</p>
<p>विश्वविद्यालयहरू, राष्ट्रिय परीक्षा बोर्डलगायत सबैसँग सल्लाह गरेर परीक्षाका अरू कार्यक्रमहरूका बारेमा निर्णय लिने पनि उनले जानकारी दिए।</p>
<p>परीक्षा केन्द्रको तयारी गरेर बसेकाहरूलाई ठीक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि मन्त्री पोखरेलले आग्रह गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्