काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन र पदस्थापन भएको स्थानमा जानका लागि कोही पनि स्वास्थ्यकर्मीलाई रमाना नदिन निर्देशन दिएको छ।
आजको मन्त्रीस्तरीय निर्णय अनुसार हाल समायोजन भई कार्यरत रहेका संघ, प्रदेश स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन/पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खाने गरी कामकाज लगाउन मन्त्रालयले निर्देशन दिएको हो।
स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागलाई अधिकृत सातौंस्तरसम्मका सम्बन्धित स्वास्थ्यकर्मीलाई कामकाज गर्न खटाउने अधिकार दिन पनि मन्त्रालयले निर्देशन दिएको छ।
यसैगरी, करार वा छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीलाई चालू आर्थिक वर्षसम्म तलब भत्ताको आवश्यक व्यवस्था गरी म्याद थप गर्ने अधिकार विभागीय प्रमुख वा कार्यालय प्रमुखलाई दिन भनिएको छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन र पदस्थापन भएको स्थानमा जानका लागि कोही पनि स्वास्थ्यकर्मीलाई रमाना नदिन निर्देशन दिएको छ।

">