काठमाडाैं। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुको आइसोलेसनमा भर्ना भएकामध्ये चारजना गैरआवासीय नेपाली र एकजना विदेशी नागरिक छन्।
बेलायतबाट आएका ती विदेशी नागरिकलाई अस्पतालको आईसीयूमा राखिएको छ। उनलाई निमोनिया भएको छ। आइसोलेसनमा भर्ना भएका चारजना गैरआवासीय नेपालीमा रूघा, सुक्खा खोकी, स्वासप्रस्वास जस्ता समस्या देखिएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले देखापढीलाई बताए ।
उनीहरू बेलायत, अमेरिका र फिनल्याण्डबाट आएका थिए।
“अस्पतालले परीक्षण गर्दा तीनजनाको रिपोर्ट नेगेटिभ देखिएको छ, सबैको अन्तिम रिपोर्ट आउन बाँकी छ”, उनले भने, “रिपोर्ट आइसकेपछि छलफल गरेर डिस्चार्ज गर्नेबारे निर्णय गर्छौं।”
शुक्रराज अस्पतालमा मात्र कोभिड-१९ को आशंकामा ५७ जनालाई आइसोलेसनमा राखिसकिएको छ। अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले कोभिड-१९ को प्रोटोकलमा ध्यान दिएर काम गरिरहेको बताए।
" /> काठमाडाैं। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुको आइसोलेसनमा भर्ना भएकामध्ये चारजना गैरआवासीय नेपाली र एकजना विदेशी नागरिक छन्।

">