काठमाडौं।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड(१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैससले सञ्चालन गर्ने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठी, सभा सम्मेलन जस्ता कार्यक्रमहरु चैत मसान्त सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।
आज साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरेर समितिका निर्णयबारे जानकारी गराएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा ६ चैतदेखि हुने गरी तय भएको एसईई परीक्षा साथै अहिले सञ्चालनमा रहेको तथा आगामी दिनमा हुने गरी निर्धारण गरिएका सीटीईभीटी र विश्विद्यालय तहका सम्पूर्ण परीक्षाहरू अर्को सूचना नभए सम्मका लागि स्थगित गर्ने निर्णय भएको उल्लेख छ।
त्यसैगरी सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित सबै प्रकारका बाल विकास केन्द्रहरु, आधारभूत तथा माध्यमिक विद्यालयहरु, शैक्षिक प्रतिष्ठानहरु र विश्वविद्यालयहरुको पठनपाठन पनि चैत मसान्तसम्म बन्द गरिनेछ।
उक्त समितिले सरकारी, सामुदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरू एवं निजी क्षेत्रका शैक्षिक परामर्श केन्द्रहरुबाट सञ्चालित कार्यक्रमहरु पनि चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।