नेकपा अध्यक्ष दाहालले अत्यावश्यक कामबाहेक कसैलाई नभेट्ने
<p>काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कोरोना भाइरस संक्रमणको त्रासका कारण कसैलाई नभेट्ने भएका छन्।</p>
<p>छोरी गंगा दाहालले अध्यक्ष दाहालले हाललाई भेटघाट स्थगित गरेको बताएकी हुन्।</p>
<p>आफ्नो फेसबुक स्टाटसमा गंगाले लेखेकी छिन्, 'विश्वभर महामारीका रूपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट(अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।'</p>
प्रतिक्रिया दिनुहोस्