पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना <p>काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्।</p> <p>हिजो, ५ चैत साँझबाट ढाड दुखेपछि राति ८ बजे शहीद गंगालाल राष्&zwj;ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना गरिएको भट्टराईका प्रेस सल्लाहकार विश्&zwj;वदीप पाण्&zwj;डेले बताएका छन्।</p> <p>चिकित्सकको सल्लाह अनुसार भट्टराईलाई राति अस्पतालमै भर्ना गरेर राखिएको हो।</p> <p>&quot;सबै स्वास्थ्य परीक्षणका रिपोर्ट सामान्य देखिएको छ&quot;, पाण्डेले <em>देखापढी</em>सँग भने, &quot;उहाँलाई आजै डिस्चार्ज गर्ने तयारी छ।&quot;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्