वागमती प्रदेश: प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय
<p>काठमाडौं। वागमती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।</p>
<p>आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।</p>
<p>कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्‍न संघीय सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्दै प्रदेश सरकारका नयाँ योजना बनाउन मन्त्रिपरिषद्को विशेष बैठक बोलाइएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए।</p>
<p>मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको सो बैठकमा कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै तयारी तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति तथा सामग्रीको विषयमा छलफल भएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्