टेलिकमका नम्बरमा कल गर्दा कोभिड-१९ बाट बच्ने सन्देशमुलक जानकारी
काठमाडौं। नेपाल टेलिकमले विश्वभर महामारीका रूपमा फैलिरहेको कोभिड–१९ बाट बच्न सकिने उपायबारे जानकारी दिन थालेको छ।

टेलिकमका हरेक नम्बरमा कल गर्दा कोभिड–१९ बाट बच्न सकिने सन्देश सुन्न सकिने छ।

कोभिड–१९ का लक्षणहरू ज्वरो आउने, थकाइ लाग्ने, सुख्खा खोकी लाग्ने आदी लक्षण हुन्।

यसबाट बच्नका लागि भीडभाडमा कम जाने, मास्क प्रयोग गर्ने, खोक्दा, हाँच्छ्यु गर्दा अनिवार्य मुख छोपेर बस्ने, अनिवार्य रूपमा स्यानीटाइजर र साबुन पानीले हात धुने गरौं भन्ने सुझाव समेटेर सीआरबीटी धुन बनाइएको छ।

कसैले पनि फोन गर्दा नउठेसम्म यो सन्देश सुन्न सक्नेछन्।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले कोभिड-१९ को संक्रमण बच्न उपायका बारेमा जानकारी दिन हरेक टेलिकमका नम्बरहरूमा सन्देशमुलक सीआरबीटी धुन राखिएको बताए।

“टेलिकमका सेवाग्राहीले कल गर्दा सन्देशमुलक जानकारी पाउन सक्नेछन्”, उनले देखापढीसँग भने, “कोभिड-१९ को महामारी कम नभएसम्म हामीले यो सीआरबीटी धुन टेलिकमका हरेक नम्बरमा राखिने छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्