कञ्चनपुर। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि सबै परीक्षा रोक्ने निर्णय गरेको छ।
आज बसेको विश्वविद्यालयको बैठकले सम्पूर्ण तहका परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको प्रशासन शाखा प्रमुख गोविन्द पन्तले बताए।
त्यस्तै, हाल सञ्चालन भइरहेका कक्षाहरू चैत मसान्तसम्म बन्द गर्ने समेत निर्णय गरेको छ।
विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पस एवं विभागका कार्यालयहरू अर्को सूचना जारी नभएसम्मका लागि सुचारु राख्ने तर, सभा, सम्मेलन, तालिम, गोष्ठी, सेमिनार एवं बढी भिडभाड हुने कार्यक्रम नगर्ने निर्णय गरेको छ।
कार्यालय सञ्चालनका क्रममा कर्मचारीलाई सावधानीका लागि कार्यालयको प्रवेश स्थलमै हात धुने र स्यानीटाइजर प्रयोग गर्ने व्यवस्था गरिने विश्वविद्यालयले निर्णय गरेको प्रशासन प्रमुख पन्तले बताए।
विश्वविद्यालयको निर्णयसँगै सञ्चालन भइरहेको एग्रिकल्चर क्षेत्रका परीक्षा रोकिएका छन्। त्यस्तै ५ र २५ वैशाखबाट हुने परीक्षा समेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुने भएका छन्।
" /> कञ्चनपुर। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि सबै परीक्षा रोक्ने निर्णय गरेको छ।आज बसेको विश्वविद्यालयको बैठकले सम्पूर्ण तहका परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको प्रशासन शाखा प्रमुख गोविन्द पन्तले बताए।

">