अस्ट्रेलियामा अन्य देशका नागरिकलाई प्रवेशमा रोक

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणविरुद्ध जुधिरहेको अस्ट्रेलियाले अन्य देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्य देशका नागरिकका लागि देशको सिमाना बन्द भएको घोषणा गरेका हुन्। प्रधानमन्त्री मोरिसनको घोषणापछि अस्ट्रेलियाका आप्रवासी बासिन्दाहरू पनि अब त्यहाँ जान पाउने छैनन्। यो व्यवस्था त्यहाँको समयअनुसार मार्च २० राति ९ बजेदेखि लागु हुनेछ।

अत्यावश्यकताको आधारमा प्रवेश गर्न चाहने तथा अस्ट्रेलियाली नागरिकलाई भने अनिवार्यरूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ।

अस्ट्रेलियामा देखिएको कोरोना भाइरसको संक्रमणमध्ये करीब ८० प्रतिशत विदेशी नागरिकबाट सरेको पाइएको छ। त्यसैलाई आधार बनाएर त्यहाँको सरकारले यस्तो निर्णय गर्नुपरेको प्रधानमन्त्री मोरिसनले जनाएका छन्।

अष्ट्रेलिया सरकारको स्वास्थ्य विभागकाअनुसार आज बिहानसम्म त्यहाँ ५५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्