काठमाडौं। चलचित्रकर्मीहरूले मूल्यअभिबृद्धि कर र बैंक तथा वित्तिय संस्थाबाट लिइएको ऋणको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेका छन्।
नेपाल चलचित्र निर्माता संघले कोभिड–१९ का कारण राष्ट्रिय चलचित्र तथा गीत संगीत धरासायी बन्न लागेको भन्दै राहत दिन माग गरेको हो।
महासचिव रोज राणाले विज्ञप्ति जारी गर्दै सिनेमा हलहरूले प्रयोग गर्ने बिजुली बत्तीको भुक्तानीमा मिनाहा, नेपाली चलचित्रको टिकट रकममा लाग्ने अतिरिक्त मूल्य अभिवृद्धि कर पूर्ण रूपमा मिनाहा गरिनुपर्ने माग गरेका हुन्।
त्यस्तै, चलचित्र तथा गीत संगीत क्षेत्रका कलाकार, श्रमिकहरूले चलचित्र सम्बन्धी काम गरे वापत प्राप्त गर्ने पारिश्रमिकमा कटाइने कर समेत मिनाहा गर्न माग गरेका छन् ।
चलचित्र निर्माण, प्रदर्शक र गीत संगीत उत्पादन गर्ने कम्पनीहरूले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको कर्जामा लाग्ने व्याज पूर्ण रूपमा मिनाहा गरिनुपर्ने माग नेपाल चलचित्र निर्माता संघले गरेको छ।
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हिजो ५ चैतमा मात्र सिनेमा हल, सांस्कृतिक केन्द्र लगायतका बढी भिडभाड हुने स्थलहरू १८ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको थियो।
आमजनताको स्वास्थ्यलाई मध्यनजर गर्दै देश र जनताका लागि गरिएको उक्त निर्णयबाट चलचित्र क्षेत्रमा असर परेको भन्दै संघले त्यसका लागि विशेष राहतको माग गरेको हो।
उक्त निर्णयले चलचित्र क्षेत्रसँग आश्रित रहेका लाखौं श्रमजीवी चलचित्रकर्मी, लगानीकर्ता, सिनेमा घर व्यवसायी प्रभावित हुने भएकाले राहत मागिएको विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। चलचित्रकर्मीहरूले मूल्यअभिबृद्धि कर र बैंक तथा वित्तिय संस्थाबाट लिइएको ऋणको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेका छन्।नेपाल चलचित्र निर्माता संघले कोभिड–१९ का कारण राष्ट्रिय चलचित्र तथा गीत संगीत धरासायी बन्न लागेको भन्दै राहत दिन माग गरेको हो।

">