अर्थमन्त्रीले भने- काेभिड-१९ का कारण वैदेशिक राेजगारीमा जान नपाएकालाई स्वदेशमै राेजगारी दिन्छाैं
काठमाडौं। अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नोबेल कोरोना भाइरसको संक्रमणका कारण सावधानी अपनाउँदा वैदेशिक रोजगारीमा जान नपाएका कामदारलाई सरकारले नै रोजगारी दिने बताएका छन्।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले स्वदेशमै काम गर्न चाहने कामदारका लागि सरकारले रोजगारी दिने बताएका हुन्।

धेरै नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले अहिले वैदेशिक रोजगारीमा जान र त्यहाँबाट फर्किन रोक लगाएको उनले बताए।

“स्वदेशमै काम गर्न चाहने कामदारलाई श्रम मन्त्रालय अन्तरगतको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सूचिकृत भएर आउन अनुरोध गर्न चाहन्छु,” उनले भने, “सबैलाई ‘टेबुल वर्क’ कै जिम्मेवारी दिन नसकिएला तर, निर्माणको क्षेत्रमा काम गर्न चाहनेहरूका लागि भने हामीले प्रशस्त रोजगारी दिन सक्छौं।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्