काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वभर फैलिरहेको कोभिड-१९ लाई मध्यनजर गर्दै संकटकालीन आर्थिक कोषको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
सरकारले उद्योगी, व्यापारी र लगानीकर्तालाई राहत दिन विशेष आर्थिक कार्यक्रम ल्याउनुपर्ने पनि राप्रपाको माग छ।
राप्रपा सचिवालयको आज बसेको बैठकले अन्यौलपूर्ण परिस्थितिको नाजायज फाइदा उठाउँदै बजारमा महंगी, कालोबजारी मूल्यबृद्धि र कृत्रिम अभाव सिर्जना भएकोमा यसको निराकरणका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आगामी दिनमा आइपर्ने सम्पूर्ण संकटको चुस्त व्यवस्थापन गर्न पनि आग्रह गरेको छ।
साथै, कोरोना भाइरस प्रकोपको सम्भावित खतराबाट आमसमुदायलाई बचाउन र जोगाउन सरकारले गरेको पछिल्लो निर्णयलाई सकारात्मक रूपमा लिँदै स्वागत समेत गरेको छ।
कोरोनाको कहरबाट प्रभावित न्यून आयका ज्याला र मजदुरीको भरमा जीवनयापन गर्ने वर्ग र समुदायको प्रकोप अवधिभरको जीविकाको लागि गास, बास र औषधिको व्यवस्था गर्न राप्रपाको प्रस्ताव छ।
यसैगरी, राप्रपाले कोरोना भाइरसको प्रकोपका कारण पार्टीका ठूला सभा समारोह र २५ जना भन्दा माथिको भेला हुने सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरेको छ।
यद्यपि, केन्द्रमा पार्टी एकतापश्चात् जिल्ला र स्थानीय तहको समायोजनको प्रक्रिया भने चैत मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसको सम्भावित खतराबाट जोगिनका निम्ति सचेत गराउन राप्रपाका स्थानीय तहसम्मका समिति र संगठनलाई सचेतनाका लागि अपनाउनु पर्ने तौरतरिका र उपायसमेत उल्लेख गरी अविलम्ब सूचना सम्प्रेषण गर्ने निर्णय गरिएको केन्द्रीय सचिवालयका प्रमुखद्वय भास्कर भद्रा र ध्रुबहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वभर फैलिरहेको कोभिड-१९ लाई मध्यनजर गर्दै संकटकालीन आर्थिक कोषको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।सरकारले उद्योगी, व्यापारी र लगानीकर्तालाई राहत दिन विशेष आर्थिक कार्यक्रम ल्याउनुपर्ने पनि राप्रपाको माग छ।

">