काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारको अनुगमन प्रक्रियालाई उपत्यकामा मात्र सीमित नपारिने बताएका छन्।
आज आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले गृहमन्त्रालयसँगको समन्वयमा देशव्यापी रूपमा अनुगमन बढाउने बताएका हुन्।
त्यसका लागि गृहमन्त्रालयसँगको समन्य प्रक्रिया अघि बढिसकेको जानकारी दिए। प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत् छापा मारिने बताउँदै उनले भने, “उपत्यकामा पनि बजार अनुगमनको कामलाई तीव्रता दिइएको छ।”
यस्तै, मन्त्री भट्टले सरकारले यतिबेला विद्युतीय (इण्डक्सन) चुलोको विक्रीलाई प्राथमिक्तामा राखेको बताए। व्यापार तथा खाद्य व्यवस्था कम्पनी लिमिटेडबाट इण्डक्सन चुलो विक्री हँदै आएको छ।
उपभोक्ताले अहिले आवश्यक्ताभन्दा बढी मौज्दात राख्न थालेकाले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको उनको भनाइ छ। यसरी आवश्यक्ताभन्दा बढी ग्यास, डिजेल र पेट्रोल नराख्न अनुरोध गरेका उनले आवश्यक्ताभन्दा बढी मौज्दात राख्दा अप्रिय घट्ना समेत हुने सक्ने बताए।
भारतले १३ प्रकारका औषधि र १३ प्रकारका कच्चा पदार्थको निर्यातमा रोक लगाएपछि बजारमा सिटामोलको माग बढेसँगै केही अभाव देखिएको छ। उपभोक्ताले मागेजति परिमाण दिँदा त्यसको अभाव देखिन थालेको मन्त्रीको भनाइ छ।
“मास्क र स्यानिटाइजर हिजोको दिनमा हामी खपत गर्दैनथ्यौं। यसको माग धेरै थिएन” उनले भने, “तर, अहिले यो आम जनतालाई चाहिएको हुँदा यसको माग बढेको छ। अहिले यसको उत्पादन प्रक्रिया र आयातको काम अघि बढिरहेको छ। उद्योगी÷व्यवसायीहरूले पूर्ण सहयोग गरेका छन्।”
खाद्य पदार्थमा खासै माग नबढेको बताएका उनले उपभोक्ताले बढी मौज्दात राख्दा केही समस्या रहेको बताए। जनताको घरमा छापा मार्ने अधिकार सरकारसँग नभएकाले शिक्षित गर्न मात्र सकिने उनले बताए।
यस्तै, अहिले तरकारी बजार व्यवस्थित रहेको र तरकारीजन्य वस्तुको आपूर्तिमा कुनै पनि समस्या र अभाव नरहेको मन्त्री भट्टले बताए।
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारको अनुगमन प्रक्रियालाई उपत्यकामा मात्र सीमित नपारिने बताएका छन्।आज आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले गृहमन्त्रालयसँगको समन्वयमा देशव्यापी रूपमा अनुगमन बढाउने बताएका हुन्।

">