संसद बैठक स्थगित

काठमाडौं। कोभिड-१९ बाट जोगिने सावधानी अपनाउनका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले १३ चैतसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले भोलिका लागि बोलाइएको बैठक १३ चैतसम्मका लागि स्थगित गरिएको जानकारी दिए।

प्रनितिधिसभाको बैठक ६ दिनका लागि स्थगित भएपनि राष्ट्रियसभाको बैठक भने भोलि (शुक्रबार) १ बजे बोलाइएको छ।

यसअघि सरकारले हिजो २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न निर्देशन दिएपनि राष्ट्रियसभा बैठक आज पनि १ घण्टा बसेको थियो।

प्रतिक्रिया दिनुहोस्