काठमाडौं। सरकारले विश्वव्यापी महामारी बनेको कोभिड-१९ बाट जोगिन हरेक उपाय अवलम्बन गरिएको उल्लेख गर्दै आतंकित नहुन र आफूमाथि विश्वास गर्न आग्रह गरेको छ।
उपप्रधानमन्त्री एवं कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले कोभिड-१९ बाट जोगिन सरकारले सम्भव भएजति सबै विकल्पमा काम गरिरहेको बताएका छन्।
आज देखापढीसँगको कुराकानीमा पोखरेलले भने, “आवश्यक परेमा सीमा क्षेत्र सिल गर्ने तयारीमा पनि सरकार जुटेको छ, त्यसका लागि मित्रराष्ट्रहरूसँग समन्वय भइरहेको छ।”
“देशमा पर्याप्त जनशक्ति नभएको कुरालाई मध्यनजर गरेर सरकारले आवश्यक परे स्वास्थ्यसेवामा काम गरेर निवृत्त भएका जनशक्तिलाई समेत परिचालन गर्ने तयारी गरेको छ”, पोखरेलले भने, “छिमेकी भारत र चीनले पनि के सहयोग चाहिन्छ भनेर सोधेका छन्। हामी यसमा पनि गृहकार्य गर्दैछौं।”
“हामीले आवश्यक तयारीका लागि सातवटै प्रदेश र ७५३ स्थानीय तहसँग समन्वय गरिरहेका छौं।”
उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनदेखि विभिन्न दातृ संस्थाहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अहिले सजग रहे मात्र पुग्ने बताए। “हाम्रो अहिलेको परिस्थिति भनेको सजग रहने मात्र हो”, उनले भने, “भोलि परेको खण्डमा राज्यका सबै संयन्त्र प्रयोग गरेर कोभिड-१९ विरुद्ध काम गर्न सरकार तम्तयार छ।”
मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई कोभिड–१९ बारे सरकारले गरिरहेका प्रत्येक काम र गतिविधिको ‘ब्रिफिङ’ दिइरहेको र प्रधानमन्त्रीबाट निर्देशन लिइरहेको उल्लेख गर्दै उनले सरकारमाथि पूर्ण विश्वास गर्न पनि आग्रह गरे। यसलाई राष्ट्रिय विपत्तिका रूपमा बुझेर आ–आफ्नो ठाउँबाट सरकारलाई सघाउन पनि उनले अपील गरे।
संक्रमणको जोखिम बढ्दै गए अन्य मुलुकहरूले अवलम्बन गरेका मोडल अपनाउन सरकार तयार रहेको र देश नै ‘लकडाउन’ गर्ने निर्णय पनि लिन सकिने उनले बताए। “कोभिड–१९ को जोखिममा काठमाडौं मात्र छैन, त्यही भएर हामीले सातवटै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसँग छलफल गरेका छौं”, उनले भने, “हामीले आवश्यक तयारीका लागि सातवटै प्रदेश र ७५३ स्थानीय तहसँग समन्वय गरिरहेका छौं।”
नागरिकमा भ्रम फैलाउने काम भएको गुनासो गर्दै पोखरेलले नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना भाइरसको संक्रमण भएको बताए। “यो ढाँट्ने विषय होइन, मेसिनले देखाउने सत्य हो”, उपप्रधानमन्त्री पोखरेलले भने, “ल्याब टेस्टको रिजल्ट नेगेटिभ आउँदा सरकारले ढाँट्यो भन्नु अनुचित हो।”
उपप्रधानमन्त्री पोखरेलले बजारमा उपभोक्तामाथि लूट मच्चाउन कालोबजारी गर्नेहरूको पहिचान भइसकेको उल्लेख गर्दै भने, “जनतालाई मर्कामा पार्ने कसैलाइ छुट छैन, उनीहरू सच्चिएनन् भने सरकारले अब कडा कारबाही गर्छ।”