पैसा प्रयोग गर्दा हुन सक्ने संक्रमणबाट कसरी जोगिने? (भिडिओसहित)

काठमाडौं। तपाईं हामीले दिनहुँजसो पैसाका नोट प्रयोग गर्छौं। मोबाइल फोनको रिचार्ज कार्ड किन्दा होस्, होटेलमा चिया–खाजा खाँदा वा सार्वजनिक यातायातमा भाडा तिर्दा, प्रयोग गरिने कागजी मुद्रा नै हुन्छ। यसरी एउटै नोट सयौंको हातमा पुगिरहेको हुन्छ। अझै पर्समा राखिएको नोट त गुम्सिएरै बसेको हुन्छ।

धेरैको हातमा पुग्ने कागजको नोट र सिक्का कोभिड–१९ संक्रमणको माध्यम बन्नसक्छ किनभने यसमा कोरोना भाइरस सक्रिय नै रहनसक्छन् । कोरोना भाइरस पानीका थोपा र वस्तुका सतहमा केही दिनसम्म सक्रिय रहन्छन् । त्यसैले पैसाबाट भाइरस सर्नसक्ने जोखिम उच्च रहेको मेडिसिटी अस्पतालका फिजिशियन डा. अभिजित अधिकारी बताउँछन्।

अझै हात जिब्रोमा लैजाने र थुक लगाएर नोट गन्ने आनीबानी धेरै खतरनाक भएको डा. अधिकारीको भनाई छ। “कोभिड–१९ सर्न सक्ने जोखिम आँखा, नाक र मुखको भागबाट हो, जबकि पैसा गन्दा हातले पटक–पटक मुख छुने गरिन्छ, यसले भाइरस सर्ने जोखिम निम्त्याउँन सक्छ”, डा. अधिकारीले भने।

कोभिड–१९ बाट जोगिन नोटको कारोबार कम गर्दै लैजानुपर्ने र नोटको प्रयोग गरिहाले हात धुने गर्नुपर्छ।

“कागजको नोटमा अहिलेसम्म देखिएको ‘सामुलेला’ ब्याक्टेरिया हो, यो काँचो मासुबाट सर्छ, यसले झाडापखाला, वान्तासम्म हुन सक्छ”, उनी भन्छन्, “नोटको कारोबार कम गर्ने, प्रयोगमा ल्याइहाले हात अनिवार्य रूपमा धुने गर्नुपर्छ ।”

“प्लास्टिकको नोट त झनै खतरनाक हुन्छ”, उनले भने, “धेरै देशहरूमा अहिले नोटको कारोबार नै बन्द भइसकेको छ ।” यसबाट जोगिन मोबाइल, ई–बैंकिङ, कार्डबाट कारोबार शुरू गर्नुपर्ने उनले बताए। “नोट प्रयोग गर्नुको सट्टा ई–बैंकिङ, मोबाइलबाट कारोबार गर्न प्रेरित गर्ने अवसर पनि हो यो”, उनले थपे।

बाहिर कुनै ‘सर्फेस’लाई छोएर आएपछि स्यानिटाइजरले पटक–पटक हात धुने हो भने भाइरस र व्याक्टेरिया दुवैबाट जोगिन सकिन्छ।

जनस्वास्थ्यविद् शरद वन्त पनि नोटबाट भाइरस सर्न सक्ने जोखिम रहेको बताउँछन्। उनले कोभिड–१९ बाट जोगिन नोटको कारोबार कम गर्दै लैजानुपर्ने र नोटको प्रयोग गरिहाले हात धुने गर्नुपर्ने उल्लेख गरे। “नोटको कारोबार बन्द गर्न व्यावहारिक रूपमा कठिन भए पनि सतर्कता भने अपनाउनैपर्छ”, वन्तले भने।

१७ मार्चमा ‘द न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिन’ले गरेको अनुसन्धानले कुन–कुन ठाउँमा कति समयसम्म भाइरस बस्छ भन्ने देखाएको छ। अध्ययनका अनुसार हामीले प्रयोग गर्ने नोटमा २४ घण्टासम्म ब्याक्टेरिया रहन्छ। हावामा तीन घण्टा, कार्डमा २४ घण्टा, तामामा ४ घण्टा, स्टीलमा तीन दिन, प्लास्टिकमा ७२ घण्टासम्म ब्याक्टेरिया बस्ने अध्ययनले देखाएको छ ।

नोटबाट हुन सक्ने संक्रमणबाट कसरी जोगिने ?

– सकेसम्म नोटको कारोबार कम गर्ने

– मोबाइल बैंकिङ, ई–बैंकिङ प्रयोग गर्ने

– नोट छोएपछि पटक–पटक हात धुने

– हातले आँखा, नाक र मुखमा नछुने

– स्यानिटाइजरले हात धुने वा साबुन पानीले हात धुने

प्रतिक्रिया दिनुहोस्