काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई निष्पक्ष र निर्धक्क भएर अपराध अनुसन्धान गर्न निर्देशन दिएका छन्।

६४ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “अपराध कसले गर्‍यो, को सरकारमा छ, कसले कुन पद ओगटेको छ, को कुन पार्टीको हो भनेर नहेर्नुस् । उसले गरेको अपराध मात्र हेर्नुस् र कानून अनुसार अघि बढ्नुस्।”

प्रधानमन्त्री ओलीले कसैको नाम नलिए पनि बलात्कारको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराको प्रसंगलाई यसमा इंगित गर्न खोजेका थिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, “सरकार शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध छ । नेपाल प्रहरीले पनि स्वतन्त्र र निष्पक्ष हिसाबले अपराध अनुसन्धान अघि बढाउनुपर्छ।”

अपराध अनुसन्धान, अपराध रोकथाम र शान्ति सुव्यवस्था कायम गर्ने दायित्व नेपाल प्रहरीकै भएको उल्लेख गर्दै प्रधानमन्त्रीले कसैको दवावमा काम नगर्न प्रहरीलाई आग्रह गरे । अरुले पनि प्रहरीलाई दबाब दिन नहुनेमा उनको जोड थियो।

“अहिले कुनै अपराध भयो कि राजनीतिकरण भइहाल्छ, प्रहरीलाई स्वतन्त्र रुपमा अपराध अनुसन्धान गर्न नदिने तत्व हावी भएका छन्”, उनले भने, “यसबाट प्रहरीको काममा चुनौती थपिएको छ । अब प्रहरी स्वयम् यसमा सजग हुनुपर्छ।”

सम्बोधनको अधिकांश समय प्रहरीको प्रशंसामा खर्चेका प्रधानमन्त्रीले नेपाल प्रहरीलाई स्रोतसाधन र प्रविधिले सुसज्जित बनाउँदै लैजानुपर्नेमा जोड दिए।

‘प्रहरी दिवस र अमर प्रहरी दिवस सँगै नमनाऊ’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रहरी दिवस र अमर प्रहरी दिवस एकैसाथ नमनाउन प्रहरी नेतृत्वलाई सुझाव दिए । “प्रहरी दिवस बेग्लै उल्लासका साथ मनाउनुस, अमर प्रहरी दिवस बेग्लै आयोजना गर्नुस्”, उनले भने, “यी दुवैलाई एकै ठाउँ मिसाउँदा बधाई दिने कि श्रद्धाञ्जली दिने अप्ठेरो छ ।”

प्रधानमन्त्रीले त्यसक्रममा कर्तव्य पालनका क्रममा ज्यान गुमाएका अमर प्रहरीप्रति श्रद्धासुमन अपर्ण गरे भने नेपाल प्रहरीका सम्पूर्ण दर्जालाई प्रहरी दिवसको बधाई पनि दिए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले कानुन भन्दा माथि कोही नभएकाले आर्थिक अनियमितता लगायतका कुनै पनि कमजोरी गर्ने कसैलाई पनि छुट नदिइने बताए। गृहमन्त्री थापाले भने, “त्यस्ता व्यक्तिलाई बिना कुनै हिचकिचाहट कारबाही गरिनेछ।”

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले यो वर्ष पूर्वाधार निर्माणका काम अघि बढाएको र प्रहरीलाई प्रविधिमैत्री बनाएर थप मजबुत बनाउने काम भइरहेको बताए।

४३ जनालाई अमर प्रहरी घोषणा
६४ औं प्रहरी दिवसको अवसरमा प्रहरी हवल्दार सञ्जीवकुमार राईसहित ४३ जनालाई अमर प्रहरी घोषित गरिएको छ । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले मृतक प्रहरीका परिवारलाई अमर प्रहरीको प्रमाणपत्र प्रदान गरे।

प्रहरी हवल्दार राई नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग केही महिना अघि भोजपुरमा भएको मुठभेडमा मारिएका थिए।

अधिकारीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
नेपाल प्रहरीले लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) यादव अधिकारीलाई सम्मान गरेको छ। प्रधानमन्त्री ओलीले प्रहरी दिवसकै कार्यक्रममा उनलाई सम्मान गरे।

" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई निष्पक्ष र निर्धक्क भएर अपराध अनुसन्धान गर्न निर्देशन दिएका छन्।

"> प्रहरी प्रधान कार्यालय पुगेर प्रधानमन्त्रीले भने,–‘अनुसन्धान गर्दा पद र अनुहार नहेर्नुस्’: Dekhapadhi
प्रहरी प्रधान कार्यालय पुगेर प्रधानमन्त्रीले भने,–‘अनुसन्धान गर्दा पद र अनुहार नहेर्नुस्’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्