काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई प्रवक्तामा नियुक्त गरेको छ।
सञ्चालक समितिको बैठकले उपप्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
जीवन बीमा कम्पनीहरूमध्ये करीब एक तिहाइ बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रूपैयाँ छ।
यस्तै, कम्पनीको लगानी ८६ अर्ब २६ करोड रूपैयाँ रहेको छ भने कम्पनीको जीवन बीमा कोषमा ७७ अर्ब ५९ करोड रूपैयाँ छ।
शेयरधनी कोष ८ अर्ब ५९ करोडभन्दा बढी रहेको कम्पनीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा जम्मा १७ अर्ब ९५ करोड बीमा शुल्क संकलन गरेको छ।
१ लाख ५२ हजार ४ सय १२ प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले आफ्ना ग्राहकहरूलाई देशभरका २०० शाखा तथा उपशाखाबाट सेवा दिँदै आएको छ।
हालसम्म स्वदेश र विदेश गरी २७ लाख २९ हजार ५११ व्यक्ति कम्पनीमा बीमित भइसकेका कम्पनीको दाबी छ।
" /> काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई प्रवक्तामा नियुक्त गरेको छ।सञ्चालक समितिको बैठकले उपप्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

">