महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई नेपाल बंगलादेश बैंकको आर्थिक सहयोग
<p style="text-align:justify">काठमाडौं। नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ।</p>
<p style="text-align:justify">बैंकले ललितपुरस्थित विद्यालयलाई ५ चैतमा ५० हजार रूपैयाँको आर्थिक सहयोग गरेको हो।</p>
<p style="text-align:justify">विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउन उक्त रकम सहयोग गरिएको कम्पनीले जानकारी दिएको छ।</p>
<p style="text-align:justify">विद्यालयका प्रधााध्यापक एकबहादुर भण्डारीले बैंकको उक्त सहयोगले विद्यालयमा महत्वपूर्ण सूचना प्रदान गर्न सहज हुने बताए।</p>