भारतबाट आएका दुई जना बिरामी आइसोलेसनमा भर्ना
<p style="text-align:justify">कैलाली। कोभिड–१९ को आशंकामा भारतबाट आएका दुईजना बिरामी धनगढीको सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन्।</p>
<p style="text-align:justify">दक्षिण भारत र दिल्लीबाट आएका उनीहरूलाई सीमानाकामा जाँचपछि आइसोलेनमा भर्ना गरिएको अस्पतालका इर्मजेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले बताए।</p>
<p style="text-align:justify">उनले दुवै जनाको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको बताए।</p>
<p style="text-align:justify">यसअघि चार जना बिरामी आइसोलेसनमा भर्ना भएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको थियो</p>