सामान्यतः रक्सीलाई अल्कोहल भनिए पनि रसायनशास्त्रमा यसले रसायनहरूको एउटा समूहलाई जनाउँछ। त्यस समूहका सदस्यको नामको पछाडि ‘ओल’ भन्ने प्रत्यय लागेको हुन्छ। जस्तै मिथानोल, इथानोल, प्रोपानोल आदि। त्यसमध्ये मानिसले पिउने रक्सीमा इथानोल हुन्छ। यसको रासायनिक सुत्र C2H5OH (CH3-CH2-OH) हाे।हो, यही इथानोल प्रयोग गरेर स्यानिटाइजर बन्छ।
ऋचाका अनुसार विश्व स्वास्थ्य संगठनले ह्यान्ड स्यानिटाइजर बनाउने मापदण्ड तोकेको छ। उक्त मापदण्ड अनुसार १०० मिलिलिटर (एमएल) स्यानिटाइजर बनाउन ७८ एमएल इथानोल चाहिन्छ। तर इथानोलले मात्र स्यानिटाइजर बन्दैन। त्यति नै मात्राको स्यानिटाइजर बनाउन ४.१ एमएल हाइड्रोजन पेरोक्साइड (H2O2), १.४ एमएल ग्लिसेरोल र बाँकी डिस्टिल्ड वाटर चाहिन्छ।
के यी पदार्थ हुँदैमा स्यानिटाइजर बन्छ त ? अवश्य बन्दैन। नास्टले निम्न चरण पुरा गरेर स्यानिटाइजर बनाउँछ।
१. शुरूमा उपलब्ध रक्सीमा इथानोल कति छ भन्ने देखाउँछ। अधिकांश स्थानीय रक्सीमा ४५ प्रतिशत अर्थात् १०० एमएलमा ४५ एमएल जति मात्रै इथानोल हुन्छ।
२. रक्सीमा इथानोलको मात्रा बढाउन यसलाई शुद्धीकरण प्रक्रियामा लैजानुपर्छ। यस्तो शुद्धिकरण प्रक्रियालाई डिस्टिलेसन भनिन्छ। डिस्टिलेसनमा दुईवटा चरण हुन्छन्– वाष्पीकरण र शित त्यो शुद्धिकरण प्रक्रिया हो-तताउने र चिसाउने।
३. रक्सीलाई डिस्टिलेसन फ्ल्याक्समा राखेर तताइन्छ। पानीको भन्दा इथानोलको उम्लिने तापक्रम कम भएकाले ७८ देखि ८० डिग्री सेल्सियससम्म तताउँदा रक्सीमा भएको इथानोल उम्लिएर बाफ बन्छ। त्यो बाफ चिस्याएपछि तरल इथानोल पाइन्छ। यस्तो इथानोल ९० प्रतिशत जति शुद्ध हुन्छ।
४. यही इथानोलको ७८ एमएलमा हाइड्रोजन पेरोक्साइड राखिन्छ। तर, बजारमा पाइने हाइड्रोजन पेरोक्साइड आवश्यकताभन्दा ६ प्रतिशतले कडा हुन्छ। त्यसको कडापन कम गर्न डिस्टिल वाटर प्रयोग गरिन्छ। तीन प्रतिशत कडापन भएको हाइड्रोजन पेरोक्साइडको ४.१७ एमएल इथानोलमा मिसाइन्छ।
५. यसरी बनेको मिश्रणमा १.४५ एमएल ग्लिसेरोल प्रयोग गरिन्छ।
६. यी सबै मिश्रणमा आवश्यकता अनुसार डिस्टिल्ड वाटर राखेर घोलेपछि ह्यान्ड स्यानिटाइजर तयार हुन्छ।
७. यसरी बनेको स्यानिटाइजरमा मदिराको गन्ध आउने भएकाले सुगन्धका लागि घ्युकुमारी, पुदिना, सुन्तला लगायत प्रयोग गरिन्छ।
ऋचाका अनुसार यसरी बनेको स्यानिटाइजरले पनि बजारमा पाइने अन्य स्यानिटाइजरले जस्तै हातमा भएका किटाणु मारिदिन्छ। के यी तरिका अपनाएर घरमै स्यानिटाइजर बनाउन सकिन्छ त ?
प्रक्रिया सुन्दा सजिलो लागे पनि तोकिएजस्तै मात्रा र शुद्धता अपनाउन गाह्रो हुने भएकाले नास्टले बनाएकै स्यानिटाइजर किनेर प्रयोग गर्दा प्रभावकारी हुन्छ।