भद्रपुर। नेपाल-भारत सीमाको काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी र उपकरणको अभाव भएको छ।
कोरोना भाइरस संक्रमणको त्राससँगै भारतबाट यो नाका हुँदै फर्कने नेपालीको संख्या अहिले दैनिक नौदेखि १२ हजारसम्म छ।
हिजो, ६ चैतमा अनुगमनमा पुगेका प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीसँग न्यून साधन र स्रोतका कारण विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्यकर्मी परिचालन, आधुनिक उपकरणको उपयोग र दूरी कायम गरेर जाँच गर्न नसकिएको भन्दै खटिएका स्वास्थ्यकर्मीले गुनासो गरेका छन्।
सँगै पुगेका झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सीमामा अनावश्यक रूपमा आवतजावत गर्न नदिन निर्देशन दिएका छन्।
रानाले मन्त्री कार्कीसमक्ष कोरोना संक्रमणको रोकथामका लागि भइरहेको जाँचमा सुरक्षित एप्रोन, माक्स र जनशक्तिको अभाव भएको बताए।
मन्त्री कार्कीले आवश्यकता अनुसार पर्याप्त सहयोगका लागि प्रदेश सरकार तयार रहेको आश्वासन दिए।
जाँचमा खटिने सरकारी कर्मचारी कार्यालय समय अवधिभर मात्र खट्ने हुँदा समस्या रहेको स्थानीयवासीले जानकारी दिएका छन्। रासस
" /> भद्रपुर। नेपाल-भारत सीमाको काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी र उपकरणको अभाव भएको छ।कोरोना भाइरस संक्रमणको त्राससँगै भारतबाट यो नाका हुँदै फर्कने नेपालीको संख्या अहिले दैनिक नौदेखि १२ हजारसम्म छ।

">