भारतका २० राज्यमा फैलियो कोरोना भाइरस, संक्रमितको संख्या १९५ पुग्यो <p>काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमणबाट विरामी भएकाको संख्या १९५ पुगेको छ। पछिल्लोपटक गुजरात राज्यमा २ जना कोरोना भाइरस संक्रमित २ जना भेटिएका छन्।&nbsp;</p> <p>गुजरातमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि अब त्यहाँका प्रभावित राज्यहरूको संख्या २० पुगेको छ। संक्रमितमध्ये १६३ जना भारतीय र अन्य विदेशी भएको बताइएको छ।</p> <p>भारतमा कोरोना भाइरस संक्रमित हुने राज्यहरूमा सबैभन्दा धेरै महाराष्ट्र,&nbsp;त्यसपछि केरला र&nbsp;उत्तर प्रदेश छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्