राष्ट्रिय सभाको बैठक पनि स्थगित

राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए।

सरकारले कोरोना भाइरसको जोखिमबाट बच्न २५ जना भन्दा बढी भेला हुन नपाउने निर्देशन जारी गरेको थियो।

तर, हिजो दिउँसो भने राष्ट्रिय सभाको बैठक बसेको थियो।

आज पनि दिउँसो १ बजे बैठक तय गरिएको भए पनि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिएका हुन्।

प्रतिनिधि सभाको बैठक भने १३ चैतसम्मका लागि स्थगित गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्