गुगल ‘डुडल’मा आज राखिएका व्यक्ति को हुन्?

काठमाडौं । आज बिहान उठेदेखि कतिपटक गुगल सर्च इन्जिन चलाउनुभयो? पक्कै पनि धेरैपटक । हरेक पटक गुगल सर्च इन्जिन खोल्दा एकजना जुँगावाल व्यक्तिको तस्वीर भएको ‘डुडल’ देख्नुभयोहोला। अनि प्ले अप्सन दबाउँदा हात धुने तरिका सिकाइएको भिडियो चल्यो होला।

ती जुँगावाल व्यक्तिलाई चिन्नुहुन्छ?

ती एक डाक्टर हुन्। उनैले हो, संक्रमणबाट जोगिन हात धुनुपर्छ भन्ने सिकाएको। कोभिड-१९को महामारी फैलिएपछि होइन। आजभन्दा १७२ वर्षअघि उनले हात धुने बानी बसाल्दा धेरै खाले संक्रमणबाट जोगिन्छ भन्ने पत्ता लगाएका थिए।

ती व्यक्ति हुन् हंगेरीका डाक्टर इग्नाज सेम्मेलवेइज। २० मार्च १८४७ मा उनले हात कसरी धुनुपर्छ भनेर आफुले पत्ता लगाएको विधि प्रदर्शन गरेका थिए। त्यतिबेला उनी ‘भियना जनरल हस्पिटल’ को मातृस्वास्थ्य क्लिनिकका प्रमुख थिए। उनले सबै स्वास्थ्यकर्मीलाई ‘क्लोरिनेटेटड लाइम’ भन्ने रसायनले हात धुन अनिवार्य गराएका थिए।

अहिले निकै सामान्यजस्तो लाग्ने ‘हात धुँदा संक्रमणबाट जोगिन्छ’ भन्ने ज्ञान उनले पत्ता लगाउनुअघि अस्पतालमै नवजात शिशु र आमाहरू विभिन्न संक्रमणका कारण मर्ने दर उच्च थियो। डा. सेम्मेलवेइजले विभिन्न परिक्षणपछि सेम्मेलवेइजले डाक्टरहरू शल्यक्रिया कक्षबाट सुत्केरीहरू राखिएको वार्डसम्म संक्रमण पुर्‍याउँछन् भन्ने निष्कर्ष निकाले। संक्रमणका किटाणु डाक्टर र अन्य स्वास्थ्यकर्मीकै हातबाट फैलिन्छन् भन्ने पत्ता लागेपछि हात धुनु अनिवार्य गरिएको थियो।

हात धुने अभ्यास शुरू भएदेखि अस्पतालभित्रै हुने मातृ मृत्युदर र शिशु मृत्युदरमा ह्वात्तै कमी आएको थियो।

कोभिड-१९ को सन्त्रास फैलिएसँगै हात धुने मात्र होइन, हात धुने विधिसमेत संसारभर अभ्यासमा आएको छ। तपाईं पनि दिनमा कम्तीमा १० पटक साबुन पानीले हात धुनोस् है। नियमित हात धुँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने सम्भावना निकै बढी हुन्छ।

हामीलाई हात धुन सिकाउने डाक्टर इग्नाज सेम्मेलवेइजल सम्झाइदिने गुगललाई धन्यवाद!

प्रतिक्रिया दिनुहोस्