कैलाली। भारतमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएपछि दैनिक हजारौं नेपालीहरू नेपाल फर्कन थालेका छन्।
रोजगारीको सिलसिलामा सुदूरपश्चिम प्रदेशको झण्डै ४ लाख जनसंख्या भारतमा रहेका छन्, जो अहिले धमाधम नेपाल फर्कंदैछन्।
अरु वर्ष बिषु र नयाँ वर्ष मनाउन नेपाल फर्कनेहरू अहिले भने कोभिड–१९ को डरले नेपाल फर्कंदैछन्।
सीमानाकामा भेटिएका थुप्रै नेपालीहरू बिषु पर्व त बहाना मात्रै भएको बताइरहेका थिए। उता बिदा नपाएपछि काम नै छाडेर फर्कनेहरूको पनि कमी देखिएन छैन।
बझाङ जयपृथ्वी नगरपालिका चैनपुरका कृष्ण बोहरा परिवारसहित नयाँ वर्ष मनाउन आफू नेपाल आएको बताइरहेका थिए। तर, सँगै रहेकी उनकी ९–१० वर्षकी छोरीले भने आफूहरूको जिद्दीका कारण बुवा नेपाल फर्कन राजी भएको बताइन्। उनले विद्यालय पनि बन्द भएको र कोरोना नेपालमा छैन भन्ने सुनेकोले नेपाल फर्कन भाइ र आफूले जिद्दी गरेको बताइन्।
भारको सुरत शहरमा स्टिल फ्याक्ट्रीमा कार्यरत बोहराले छोराछोरीको जिद्दीका कारण आफूले कम्पनीसँग बिदा माग्दा नपाएको बताए। तर, डराएर बस्नुभन्दा सुरक्षित रहनु उचित ठानेर कामै छोडेर नेपाल फर्केको बोहराले बताए। “ज्यान रहे फेरि काम पाइएला। तर, आफू नै रहिएन भने के गर्ने ?”, बोहराले भने।
त्यस्तै, भारतको सपनाको नगरी भनेर चिनिने मुम्बईबाट अछाम फर्कँदै गरेका ललित साउदको पनि पीडा बोहराको जस्तै थियो। भर्खरै विवाह गरेर श्रीमतीसहित मुम्बई पुगेका बोहरालाई घरबाट तारन्तार आमाको फोन आएपछि उनी फर्कन बाध्य भए।
त्यो पनि भर्खरै पाएको काम छोडेर। मुम्बईको फिल्म नगरीमा असिस्टेन्टको काम पाएका साउदले धेरै सपना बुनेका थिए। भर्खरै विवाह गरेको श्रीमतीलाई खुशी राख्ने र घरमा भएकी आमालाई पनि पछि उतै बोलाउने। तर, कोरोना भाइरसको डर देखिएपछि उनी पनि नेपाल फर्किए। आउँदा केही समयको बिदा मागेको भएपनि भर्खरै काममा लागेका कारण बिदा नपाएको बताउँदै साउदले कामै छोडेर आएको बताए।
बोहरा र साउद त प्रतिनिधि पात्र मात्रै हुन, उनीहरू जस्तै हजारौँ नेपालीहरू अहिले कोरोनाको डरका कारण नेपाल फर्किरहेका छन्।
सीमामा छैन तयारी
दैनिक हजारौं नेपाली फर्कने नेपाल–भारत सीमानाका त्रिनगरमा एउटा मात्रै हेल्प डेस्क रहेका कारण भरपर्दो जाँच हुन सकेको छैन।
धनगढी उपमहानगरपालिका अन्तर्गत रहेको मटियारी हेल्थपोस्टका सिनियर अहेब टिकाराम मिश्र बिहान ६ बजेदेखि जाँचमा खटिएको बताउँछन्।
उनले खाना समेत खाने पालो नपाएको भन्दै सीमित व्यक्तिले हजारौँ मान्छेको जाँच गर्न समस्या रहेको बताए।
निगरानी कक्षमा ताला
भन्सार कार्यालयले सीमानाकामा बनाएको तीनकोठे भवनलाई धनगढी उपमहानगरपालिकाले सीमानाकामा निगरानी कक्षको स्थापना गरिएको भनेर जसरी प्रचारप्रसार गर्यो, त्यहाँ पुग्दा भने त्यस्तो देखिएन।
कोठामा ताला लगाइएको थियो भने एकजना पनि स्वास्थ्यकर्मी त्यहाँ थिएनन्। निगरानी कक्ष नजिकै अत्याधुनिक एम्बुलेन्स सेवा रहेको बताइएपनि सामाजिक विकास मन्त्रालयले बाँडेको विवादास्पद एम्बुलेन्स मात्रै थियो, त्यो पनि चालकबिना।
भारततिर किनमेल गर्न जानेको लर्को
भारतबाट फर्कने मात्रै होइन सामान किनमेलका लागि भारततिर जानेको लर्काे पनि उस्तै देखिन्थ्यो।
भारत जानेहरूको भारततर्फ जाँच गरिरहेका प्राथमिक स्वास्थ्य केन्द्र सम्पूर्णानगरका स्वास्थ्यकर्मी राजिब मौर्यले दैनिक १ हजार ५०० हाराहारीमा नेपालीहरू भारततर्फ गइरहेको बताए।
उनले सीमानजिकै रहेको भारतीय बजार बनगावा (गौरिफन्टा)मा घरायसी समान किनमेल गर्न जानेहरू रहेको बताउँदै यस्तो बेलामा कमसेकम घरायसी समान उतै (नेपाल) मै किनमेल गर्न सुझाव दिए।
सीमामा छैन जानकारीमुलक सन्देश
सीमानाकामा कोभिड–१९ को सन्देशमुलक सामग्री पनि देखिएन।
हेल्थ डेस्क रहेको ठाउँमा केही ब्यानर रहेपनि वारीपारी गर्नेहरूका लागि कुनै सन्देशमुलक सामग्री भने कतै राखेको भेटिँदैन।
" /> कैलाली। भारतमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएपछि दैनिक हजारौं नेपालीहरू नेपाल फर्कन थालेका छन्।रोजगारीको सिलसिलामा सुदूरपश्चिम प्रदेशको झण्डै ४ लाख जनसंख्या भारतमा रहेका छन्, जो अहिले धमाधम नेपाल फर्कंदैछन्।

">