नेपाली टाइम्स्काे प्रिन्ट संस्करण केही समयका लागि बन्द

काठमाडौं। हिमाल मिडियाले नेपाली टाइम्स‍्को प्रिन्ट संस्करण केही समयलाई बन्द गरेको छ।

कोभिड-१९ को महामारीका कारण विश्वव्यापी रूपमा र नेपालमासमेत सार्वजनिक अवागमनमा कमी आएसँगै केही समयका लागि प्रिन्ट संस्करण बन्द गर्ने निर्णय गरेको नेपाली टाइम्स‍्ले जनाएको छ।

२० वर्षदेखि नियमित प्रकाशन हुँदै आएको नेपाली टाइम्स् हरेक शुक्रबार काठमाडौंबाट छापिन्छ। आजको अंकमा सूचना प्रकाशन गर्दै नेपाली टाइम्स‍्ले अवस्था सामान्य नहोउन्जेलका लागि प्रिन्ट संस्करण बन्द गर्ने निर्णय गरेको जनाएको छ।

यो अवधिमा नेपाली टाइम्स‍्ले अनलाइन अपडेट भने जारी राख्ने छ। नियमित स्तम्भ, भिडिओ र मल्टिमिडिया प्याकेजका साथमा थप दैनिक अपडेट अनलाइनमार्फत् पस्कने पत्रिकाले जनाएको छ।

‘सुन्दर लेआउट’सहितको नेपाली टाइम्स् चाहने पाठकका लागि इमेलमार्फत् हरेक शुक्रबार बिहान उपलब्ध गराइदिने बाचा गरेको नेपाली टाइम्स‍्ले ‘डिजिटल हिमालय अर्काइभ’ पीडीएफ नियमितरूपमा अपलोड गर्ने पनि जनाएको छ।

अग्रिम भुक्तानी गरेका नियमित ग्राहकका लागि प्रिन्ट संस्करण छाप्न शुरू गरेपछि अतिरिक्त प्रति उपलब्ध गराइदिने भएको छ।

प्रतिक्रिया दिनुहोस्