काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण दक्षिण अमेरिकन फुटबल कन्फेडेरेसनले फिफासँग विश्वकप २०२२ को छनोट प्रतियोगिता कम्तीमा सेप्टेम्बरसम्म सार्नका लागि अनुरोध गरेको छ।
दक्षिण अमेरिकामा यही २६ मार्चबाट छनोट प्रतियोगिताको तालिका थियो। तर, कोभिड-१९ कारण छनोट प्रतियोगिताको तालिका तत्कालका लागि स्थगित गरिएको छ।
कोभिड-१९ का कारण विश्व नै प्रभावित भएको अवस्थामा दक्षिण अमेरिकी फुटबल महासंघले सेप्टेम्बरसम्मका लागि स्थागित गर्न आग्रह गरेको हो।
“विश्व स्वास्थ्य संगठनकाको आग्रहअनुसार महासंघले प्रकोपबाट बच्ने सुरक्षाका सबै उपाय अपनाइएको छ,” हिजो ६ चैतमा भिडिओ कन्फेरेसनमार्फत् बसेको बैठकपछि दक्षिण अमेरिकन फुटबल कन्फेडेरेसनले भनेको छ।
छनोट प्रतियोगिताको पहिलो चरणमा ब्राजिलले २८ मार्चमा बोलिभियासँग प्रतिस्पर्धा गर्दै थियो भने लियोनल मेसीको अर्जेन्टिनाले २७ मार्चमा इक्वेडरविरुद्ध खेल्दैथियो।
कोरोना भाइरस संक्रमणकै कारण २०२० कोपा अमेरिका यसअघि नै एक वर्षका लागि स्थगित भइसकेको छ। नयाँ तालिकाअनुसार कोपा अमेरिका अब २०२१ को ११ जुन देखि ११ जुलाईमा हुनेछ।
कोरोना भाइरस संक्रमणका विश्वभर १० हजारभन्दा बढीको मृत्यु भएको थियो भने २ लाख ४५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण दक्षिण अमेरिकन फुटबल कन्फेडेरेसनले फिफासँग विश्वकप २०२२ को छनोट प्रतियोगिता कम्तीमा सेप्टेम्बरसम्म सार्नका लागि अनुरोध गरेको छ।दक्षिण अमेरिकामा यही २६ मार्चबाट छनोट प्रतियोगिताको तालिका थियो। तर, कोभिड-१९ कारण छनोट प्रतियोगिताको तालिका तत्कालका लागि स्थगित गरिएको छ।

">