काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैनिक उपभोग्य सामान र औषधिको मौज्दात पर्याप्त रहेकाले अभाव हुन्छ कि भन्ने डर नपाल्न आग्रह गरेका छन्। देखापढीसँग कुरा गर्दै मन्त्री भट्टले 'लकडाउन' भइहाले पनि जनतालाई आवश्यक वस्तुको अभाव हुन नदिने गरी सरकारले तयारी गरेको दाबी गरे।
मन्त्री भट्टले सुरक्षाकर्मी, स्वयंसेवक, पार्टीका कार्यकर्ता खटाएर आवश्यक परे जनताका घर-घरमा आवश्यक सामाग्री पुर्याउने प्रबन्ध मिलाइएको बताए । मन्त्री भट्टका अनुसार देशमा अहिले १० महीनाका लागि पुग्ने खाद्य सामाग्री र ६ महीनाका लागि पुग्ने औषधि छ। उनले केही कठिनाइका बाबजूद पनि आवश्यक सामानहरू सावधानी पूर्वक आयात गर्ने प्रवन्ध मिलाइएको पनि बताए।
''राज्यप्रति विश्वास गर्नुस्, आवश्यक पर्यो भने जनताका घर-घरमा पुगेर आवश्यक सामाग्री पुर्याउने तयारी हामीले गरेका छौं। राज्य भनेको राज्य हो। जनतालाई भोकै मर्न दिँदैनौं'', मन्त्री भट्टले भनेका छन्।
उनले कालोबजारी विल्कुलै हुन नदिने भन्दै कसैले त्यस्तो गरेको पाइए सरकारले नियन्त्रणमा लिएर आफ्ना ईकाईमार्फत जनतालाई विक्री वितरण गरिने पनि बताए।