काठमाडौं। कोभिड-१९ को त्रासका कारण मिस नेपाल वर्ल्ड २०२० को अडिसन रोकिएको छ।
सरकारले उच्च सतर्कता अपनाएर सिनेमा हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै मिस नेपाल प्रतियोगिताको अडिसन पनि स्थगित गरिएको हो।
मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरको बैठकले ३० अप्रिलसम्मका लागि अडिसन रोक्ने निर्णय गरिएको निर्देशक सुवर्ण क्षेत्रीले देखापढीलाई बताए।
आगामी १८ वैशाखपछि मिस नेपाल प्रतियोगिताको प्रतियोगी छनोट र फाइनलको मिति तोकिने उनको भनाइ छ।
यसपटक मिस नेपालको फाइनल आगामी ३ वैशाखमा काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना हुने तय गरिएको थियो। अहिलेसम्म देशभरका ८ स्थानमा अडिसन सम्पन्न भइसकेको छ।
धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बितामोर्डमा अडिसन सिध्याइसकेको थियो। २८ मार्चमा काठमाडौंको अडिसन हुने तय थियो। अब त्यो पनि रोकिएको निर्देशक क्षेत्रीको भनाइ छ।
प्रतियोगितामा १८ देखि २६ वर्षका ५ फिट ४ इन्च उचाइ भएका अविवाहित नेपाली युवतीले सहभागिता जनाउन पाउने मापदण्ड छ। ८ स्थानको अडिसनबाट १० जना युवतीले मिस नेपालका लागि आवश्यक पर्ने माण्दण्ड पूरा गरेको आयोजकले जनाएको छ।
काठमाडौं अडिसनका लागि नेपालसहित देशबाहिरबाट पनि आवेदन आइरहेको क्षेत्री बताउँछन्। अनलाइन आवेदन दिनुपर्ने भएकाले देशबाहिरबाट पनि उत्साहजनक आवेदन परिरहेको उनको भनाइ छ।
अहिलेसम्म २०० भन्दा बढी युवतीले मिस नेपालका लागि अनलाइन आवेदन भरिसकेका छन्।
" /> काठमाडौं। कोभिड-१९ को त्रासका कारण मिस नेपाल वर्ल्ड २०२० को अडिसन रोकिएको छ।सरकारले उच्च सतर्कता अपनाएर सिनेमा हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै मिस नेपाल प्रतियोगिताको अडिसन पनि स्थगित गरिएको हो।

">