काठमाडौं। बागबजारस्थित नेपाल ग्यासको डिपोमा खाना पकाउने एलपी ग्यास लिनका लागि लाइन लागेको छ।
ग्यासको अभाव हुने हल्लाले गर्दा ग्यास भण्डारण गर्नेहरूको भिड र लाइन लागेको हो।
खासगरी, उक्त डिपोले आज ग्यास ल्याएको थियो। ग्यास आएको देख्नेबित्तिकै उपभोक्ताहरूको लाइन जम्मा भएको छ।
सरकार, ग्यास उत्पादक र ग्यास विक्रेताहरूले ग्यासको अभाव नरहेको बताउँदै आएका छन्।
तर, विश्वमा कोरोना भाइरसको बढ्दो संक्रमणकाबीच बजारमा ग्यास अभाव बढिरहेको छ।
यद्यपि, नेपाल आयल निगमले भने विगतकोभन्दा बढी मात्रामा ग्यास आइरहेकाले उपभोक्तालाई नआत्तिन अनुरोध गर्दै आएको छ।
" /> काठमाडौं। बागबजारस्थित नेपाल ग्यासको डिपोमा खाना पकाउने एलपी ग्यास लिनका लागि लाइन लागेको छ।ग्यासको अभाव हुने हल्लाले गर्दा ग्यास भण्डारण गर्नेहरूको भिड र लाइन लागेको हो।

">