काठमाडाैं। कोभिड–१९ को महामारी फैलिन नदिन सरकारले एकपछि अर्को अभ्यास चालिरहेछ। आजै प्रधानमन्त्रीले यसैबारे विशेष सम्बोधन पनि गर्दैछन्। सरकारले ‘लकडाउन’ घोषणा गर्ने चर्चा छ। के हो त लकडाउन ? कस्तो छ यसको अभ्यास ? यसबारे ‘द गार्जियन’ले ५ चैतमा प्रकाशन गरेको रिपोर्टको नेपाली अनुवादः
कोरोना भाइरसको संक्रमण शुरू भएपछि चीनले वुहान र हुबेई प्रान्तमा ‘लकडाउन’ (बन्दी) घोषणा गर्दा संसार छक्क परेको थियो। विज्ञहरूले यसअघि कहिल्यै नगरिएको यस्तो अभ्यासले संक्रमण नियन्त्रण नहुन पनि सक्ने चेतावनी दिएका थिए।
त्यसको दुई महीनापछि पछिल्लो हप्ता चीनमा नयाँ संक्रमितहरू फेला पर्ने संख्या घट्ना थाल्यो। दुई महीनाको बन्दीपछि वुहान फेरि जाग्न थालेको छ। चीनले गरेको यो अभ्यास संक्रमण फैलिन नदिन अरू देशलाई पनि उदाहरण बनेको छ।
विभिन्न ठाउँका ‘लकडाउन’ अभ्यास यस्ता छन्।
वुहान, चीन
एक करोड १० लाख जनसंख्या भएको वुहान शहरलाई चीनले २३ जनवरीमा ‘लकडाउन’ घोषणा गरेको थियो। यो सम्भवतः सबैभन्दा कडा लकडाउन थियो।
शहरबाट निस्कन र पस्न पूर्णतः निषेध गरिएको थियो।
शहरभित्र सार्वजनिक यातायात बन्द गरिएको थियो। निजी सवारीलाई पनि महामारीविरुद्धका काममा बाहेक प्रतिबन्ध लगाइएको थियो।
धेरैजसो मानिसहरू घरमै बसे। कसैलाई कसैको घरमा जाने अनुमति दिइएन। अधिकारी र ज्येष्ठ नागरिकलाई सघाउने मानिसहरूलाई मात्र आवतजावतको अनुमति दिइयो।
नयाँ वर्षको बिदाका कारण विद्यालय र विश्वविद्यालयहरू पहिले नै बिदामा थिए। त्यो बिदा लम्बाइयो। धेरैजसो पसल बन्द भए। औषधि पसल र केही सुपरमार्केटहरू मात्र खोल्ने अनुमति दिइयो।
मानिसहरूले अत्यावश्यक सामग्री किन्न वा उपचारका लागि मात्र बाहिर निस्कने अनुमति पाए। त्यसरी बाहिर निस्कनेलाई मास्क लगाउन अनिवार्य गरिएको थियो।
दुई हप्तापछि नियम अझै कडा पारियो। अधिकारीहरूले संक्रमित खोज्न घर-घरमा तलासी गरे। संक्रमित फेला परे क्वारेन्टाइनमा बस्न बाध्य पारियो।
संक्रमण मत्थर भएपछि अहिले चीनमा प्रतिबन्ध घटाइएको छ। औद्योगिक क्षेत्रमा बस्ने मानिसहरूलाई काममा जान अनुमति दिइएको छ। तर, विद्यालयहरू बन्द नै छन्। यातायातमाथिको कडाइ जारी नै छ।
इटाली
८ मार्चमा इटालीले संक्रमण सबैभन्दा बढी फैलिएको उत्तरी भागमा ‘लकडाउन’ घोषणा गरेको थियो। दुईदिनपछि देशैभर ‘लकडाउन’ घोषणा गरियो।
स्वास्थ्यका कारण वा अत्यन्त अत्यावश्यक काम परेको पुष्टि भएको अवस्थामा मात्र यात्राको अनुमति दिइएको छ।
कोभिड–१९ का रोगी भएको पुष्टि भएकालाई कुनै पनि हालतमा घर छोड्ने अनुमति दिइएको छैन। ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएकालाई घरमै बस्न, सामाजिक सम्बन्ध नराख्न लगाइएको छ।
कामका लागि हुने यात्रा रोक्न निजी र सरकारी कम्पनीहरूलाई बिदा घोषणा गर्न लगाइएको छ।
औषधि पसल र सुपरमार्केटहरू खोलिएका छन् तर निकै कम मात्रामा।
स्कुल र विश्वविद्यालयहरू बन्द गरिएका छन्। परीक्षाहरू स्थगित गरिएका छन्। विवाह, बाप्टिज्म र दाहसंस्कारजस्ता संस्कार प्रतिबन्धित छन्।
सार्वजनिक स्थलमा हुने हरेक प्रकारका भेला, जमघट प्रतिबन्धित छन्। सबै संग्रहालय, सांस्कृतिक केन्द्र, नाइटक्लब, सिनेमा, थिएटर र क्यासिनोहरू बन्द छन्।
खेलकुद प्रतियोगिताहरू रद्द गरिएका छन्। देशैभर स्वीमिङ पुल, स्पा, स्पोर्ट हल र स्की हल बन्द गरिएका छन्।
फ्रान्स
१७ मार्चदेखि फ्रान्सभर लकडाउन घोषणा गरिएको छ। मानिसहरूलाई अत्यावश्यक सामग्री किन्न र स्वास्थ्योपचारका लागि बाहेक घरबाट निस्कन प्रतिबन्ध लगाइएको छ।
बाहिर जानैपरे आधिकारिक अनुमति पत्र लिनैपर्ने शर्त राखिएको छ।
करीब एक लाख प्रहरी अधिकारीहरू देशैभर लकडाउन लागू गराउन खटाइएका छन्।
फ्रान्समा युद्ध बाहेकको समयमा जनजीवनमाथि गरिएको सबैभन्दा ठूलो प्रतिबन्धको रूपमा यसलाई लिइएको छ। त्यहाँका राष्ट्रपतिले त कोभिड–१९ सँग जुध्ने यो अभ्यासलाई ‘जनस्वास्थ्य युद्ध’ भनेका छन्।
फ्रान्सले पहिले नै बार, रेष्टुरेण्ट, अत्यावश्यक सामग्रीबाहेकका पसल, विद्यालय र विश्वविद्यालयलहरु बन्द गरिसकेको छ।
क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
अमेरिकाको क्यालिफोर्नियामा शुरूमा रहेका सन फ्रान्सिस्को र अन्य समुद्री किनाराका क्षेत्रहरूमा सबैलाई घरमै बस्न भनिएको थियो।
७ अप्रिलसम्म यो निर्देशन कायम रहनेछ। एकदमै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन अनुरोध गरिएको छ। अरू ठाउँमा जस्तो कानूनीरूपमा नै प्रतिबन्ध लगाइएको छैन।
अत्यावश्यक बाहेकका पसलहरू बन्द गर्न लगाइएको छ। जागिरेहरूलाई घरमै बसेर काम गर्न लगाइएको छ। किराना पसल, औषधि पसल, लाउन्ड्री, पेट्रोल पम्पहरू भने खुला राखिएको छ। नगरपालिकाहरूले फोहोर उठाउनेजस्ता काम नियमित राखेका छन्।
अत्यावश्यक काम र स्याहारका लागि जाने मानिसहरू बाहेक अरूलाई घर छोड्ने अनुमति दिइएको छैन। घर छोड्ने अनुमति पाएकाले अरू मानिससँग कम्तीमा डेढ मिटर दूरी कायम गर्नुपर्नेछ। अनावश्यक जमघट र पैदल, साइकल, स्कुटर, अटोमोबाइल वा सार्वजनिक यातायातमा यात्रा निषेध गरिएको छ।
विमानस्थल, ट्याक्सी र सार्वजनिक यातायात सुचारु छन् तर अत्यावश्यक यात्राका लागि मात्र।
" /> काठमाडाैं। कोभिड–१९ को महामारी फैलिन नदिन सरकारले एकपछि अर्को अभ्यास चालिरहेछ। आजै प्रधानमन्त्रीले यसैबारे विशेष सम्बोधन पनि गर्दैछन्। सरकारले ‘लकडाउन’ घोषणा गर्ने चर्चा छ। के हो त लकडाउन ? कस्तो छ यसको अभ्यास ? यसबारे ‘द गार्जियन’ले ५ चैतमा प्रकाशन गरेको रिपोर्टको नेपाली अनुवादःकोरोना भाइरसको संक्रमण शुरू भएपछि चीनले वुहान र हुबेई प्रान्तमा ‘लकडाउन’ (बन्दी) घोषणा गर्दा संसार छक्क परेको थियो। विज्ञहरूले यसअघि कहिल्यै नगरिएको यस्तो अभ्यासले संक्रमण नियन्त्रण नहुन पनि सक्ने चेतावनी दिएका थिए।

">