काठमाडौं। विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न जिल्लाहरूमा समेत तयारी थालिएको छ।
यसैक्रममा कोरोनाको संक्रमण भइहाले शंकास्पद बिरामीलाई राख्न जाजरकोटमा आइसोलेसन वार्ड बनाइएको छ। जिल्ला अस्पतालले ३० शय्याको आइसोलेसन वार्ड बनाएको हो। आइसोलेसन वार्डको संरचना निर्माणको काम भोलिसम्म सकिने अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले देखापढीलाई बताइन्।
आइसोलेस वार्ड बनाइए पनि ज्वरो नाप्ने थर्मल गन, एन ९५ मास्क लगायतका सामग्रीको भने अभाव रहेको उनले बताइन्। “आवश्यक सामग्री र जनशक्तिका लागि प्रदेश सरकारसँग माग गरेका छौं”, उनले भनिन्, “प्रदेशमा पनि अभाव छ भन्ने जानकारी आएको छ, एउटासम्म थर्मल गन प्रदेशले उपलब्ध गराउने कुरा छ। आजसम्म आइपुग्छ होला।”
उनका अनुसार जिल्ला भित्रिने र बसपार्कमा हेल्थ डेस्क राख्ने तयारी छ। यसका लागि कम्तीमा ३ वटा थर्मल गन आवश्यक पर्छ।
जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. औसरसिंह राठौरले पनि उपकरण र तालिमको अभाव रहेको बताए।
“हामीले आइसोलेन वार्ड त बनायौँ तर, संक्रमणको आशंका गरिएका र संक्रमितलाई उपचार गर्ने चिकित्सक, नर्स, ल्याब चिकित्सक, कर्मचारी, एम्बुलेन्स चालक समेतलाई हालसम्म पनि कुनै प्रकारको तालिम दिइएको छैन।”
चेम्बर अफ कमर्शले अस्पताल परिसरमा पानी ट्यांकीसहितको धारा निर्माण गर्ने भएको छ। जोखिमका बेला अस्पताललाई सहयोग पुर्याउन सक्ने सहयोग गरिने चेम्बर अफ कमर्शका अध्यक्ष विश्वविक्रम शाहले बताए।
अस्पताल विकास समितिका अध्यक्ष बस्नेतले जिल्लामा क्रियाशील विभिन्न संघसंस्थालाई सहयोगका लागि आह्वान गरिएको बताइन्। सरकारवालासँग आवश्यक समन्वय भइरहेको बस्नेतले बताइन्।
“पर्चा, पम्मलेटका लागि रेडक्रसलाई भनेका छौं, चेम्बर अफ कमर्शले आवश्यक सहयोग गरिरहेको छ”, उनले भनिन्, “सबैसँग आवश्यक समन्वय गरिरहेका छौं। आफूसँग भएको श्रोतलाई समेत परिचालन गरिरहेका छौँ।”
उनले प्रदेशबाट उपलब्ध आपत्कालीन कोषबाट प्राप्त पाँच लाख रकम जिल्ला सातवटै पालिका र जिल्ला अस्पतालमा औषधि खरीदका लागि वितरण गरिएको बताइन्।
यसैगरी, भेरी नगरपालिकाले संक्रमणबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम गरिरहेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि नगरको बजार क्षेत्रमा माइकिङ गर्दै जनचेतनामूलक सन्देश सम्प्रेषण गरेको हो।
कोरोना भाइरसका लक्षण, यसबाट बच्न र एक व्यक्तिबाट अर्काेमा सर्न नदिने उपायका बारेमा चेतनामूलक सन्देश प्रवाह गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए।
नगरका विभिन्न पाँच ठाउँमा स्वास्थ्य सहायता कक्ष (हेल्थ हेल्प डेष्ट) स्थापना गरेर जाँच तथा परामर्श गर्ने गरिएको नगर स्वास्थ्य शाखा प्रमुख निशा थापाले बताइन।
नगरपालिकाको केन्द्रसँगै स्वास्थ्य चौकी भुर, जगतिपुर, कुदु, पुन्मा र बाहुनथानमा सहायता कक्ष राखिएको र त्यहाँबाट आवश्यक औषधी तथा परामर्श दिन थालिएको थापाले बताइन्।
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोेना भाइरस विश्वका डेढ सय बढी देशमा पुगेपनि नेपालमा कुनैपनि संक्रमण देखिएको छैन। यसअघि एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपनि उनी सञ्चो भएर घर फर्किसकेका छन्।
कोभिड–१९ बाट बच्न सरकारले उच्च सतर्कता अपनाउन थालेको छ। सरकारले एसईईदेखि विश्वविद्यालय सबै परीक्षा रोक्ने निर्णय गरिसकेको छ। साथै, स्कुल, कलेल, स्वीमिङ पुल, डान्सबार, फिल्म हल लगायतका क्षेत्र पनि सरकारले बन्द गरिसकेको छ।
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सार्वजनिक क्षेत्रमा २५ जनाभन्दा धेरै भेला नहुन सरकारले आह्वान गरेको छ।
" /> काठमाडौं। विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न जिल्लाहरूमा समेत तयारी थालिएको छ।यसैक्रममा कोरोनाको संक्रमण भइहाले शंकास्पद बिरामीलाई राख्न जाजरकोटमा आइसोलेसन वार्ड बनाइएको छ। जिल्ला अस्पतालले ३० शय्याको आइसोलेसन वार्ड बनाएको हो। आइसोलेसन वार्डको संरचना निर्माणको काम भोलिसम्म सकिने अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले देखापढीलाई बताइन्।

">