काठमाडौं । नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङ भोलि, २५ असोज अपराह्न ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यक्रम छ ।
भारतको चेन्नई हुँदै काठमाडौं आइपुग्ने सी २६ असोज मध्याह्न १२ः३० मा स्वदेश फर्कनेछन् ।
चिनियाँ राष्ट्रपति सी आउँदा र फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अरू सबै उडान बन्द हुनेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार त्यसक्रममा करीब ३/३ घण्टा अरू सबै उडान बन्द हुनेछन् ।
चिनियाँ राष्ट्रपति काठमाडौं आइपुग्दा भोलि दिउँसो ३ बजेदेखि ५ः३० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान र अवतरण हुनेछैनन् ।
त्यस्तै, सी फर्कंदा २६ असोज बिहान ११ बजेदेखि करीब १ः३०सम्म पनि अरू उडान र अवतरण नहुने विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयले अहिलेसम्म उडान प्रभावित हुने समय तालिका औपचारिक रुपमा सार्वजनिक गरेको छैन् । सूचना अधिकारी पौड्यालका अनुसार यसबारेमा छलफल चलिरहेको र साँझसम्म औपचारिक सूचना जारी गर्ने तयारी छ ।
निजी विमान कम्पनीहरूले भने यसअघि नै उडान प्रभावित हुने सूचना जारी गरिसकेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्ने कार्यक्रम छ ।
" /> काठमाडौं । नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङ भोलि, २५ असोज अपराह्न ४ः३० मा काठमाडौं अवतरण गर्ने कार्यक्रम छ ।भारतको चेन्नई हुँदै काठमाडौं आइपुग्ने सी २६ असोज मध्याह्न १२ः३० मा स्वदेश फर्कनेछन् ।

">