काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ का कारण नेपालको अर्थतन्त्रमा संकुचन आउन नदिन काम भइरहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा पर्नसक्ने असरको विश्लेषण गरी त्यसका लागि प्रभावकारी कदम चालेर अर्थतन्त्रमा संकुचन आउन नदिने बताएका हुन्।
आज राष्ट्रका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ ले समग्र अर्थव्यवस्थामा पार्ने असरको सम्बन्धमा अर्थ मन्त्रालयले सुक्ष्म अध्ययन गरिरहेको छ।”
त्यसैगरी, प्रधानमन्त्री ओलीले उद्यमी तथा श्रमजीवी वर्गमा महामारीले सिर्जना गर्नसक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील रहेको र त्यसलाई सम्बोधन गर्ने बताए।
सरकारले कोभिड १९ विरुद्ध लड्न निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाएको जानकारी पनि प्रधानमन्त्री ओलीले दिएका छन्।
तर, अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारीमा संलग्न भएको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने उनले बताए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ का कारण नेपालको अर्थतन्त्रमा संकुचन आउन नदिन काम भइरहेको बताएका छन्।प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा पर्नसक्ने असरको विश्लेषण गरी त्यसका लागि प्रभावकारी कदम चालेर अर्थतन्त्रमा संकुचन आउन नदिने बताएका हुन्।

">