काठमाडौं। सरकारले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू आगामी ९ चैतदेखि २१ चैतसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् यस्तो घोषणा गरेका हुन्।
देशैभर लामो दूरीका सवारीसाधन बन्द हुनेछन् भने नेपालमा आउने सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरिनेछन्।
विश्वव्यापी महामारी बनेको कोभिड–१९ को सम्भावित जोखिमबाट सजगता अपनाउन सरकारले यस्तो निर्णय गरेको हो।
शिक्षण संस्थाहरू यसअघि नै बन्द भइसकेका छन्। सबै शिक्षण संस्थाका परीक्षा पनि स्थगित गरिएका छन्। तर, केही अत्यावश्यक सेवा भने यसबीचमा बन्द हुने छैनन्।
दैनिक उपभोग्य वस्तुको विक्रीवितरणदेखि अरु कैयौं सेवा यसबीचमा नियमित रहनेछन्।
कोभिड–१९ को महामारीका बेला पनि बन्द नहुने सेवा र काम यसप्रकार छन्ः
टेलिफोन तथा इन्टरनेट सेवा
अस्पताल तथा स्वास्थ्य सेवा
होटल तथा रेष्टुराँ
पेट्रोलियम पदार्थको विक्री वितरण तथा ढुवानी
औषधि पसल
फोहोरमैला उठाउने काम
बैंक, बीमा कम्पनी तथा विद्युत सेवा
खानेपानीको विक्रीवितरण
दाल, चामल लगायतका दैनिक उपभोग्य सामग्रीको विक्रीवितरण
हुलाक सेवा
सञ्चारमाध्यम
सरकारी कार्यालय
मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा
प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धी सेवा
" /> काठमाडौं। सरकारले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू आगामी ९ चैतदेखि २१ चैतसम्मका लागि बन्द गर्ने घोषणा गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् यस्तो घोषणा गरेका हुन्।

">