हेटौंंडामा आपत‍्कालीन केन्द्र सचिवालय स्थापना <p>हेटाैंडा। कोभिड-१९ काे सजगताका लागि हेटौंडा उपमहानगरपालिका-११, थानाभर्&zwj;याङमा कोरोना भाइरस आपत&zwj;्कालीन केन्द्र सचिवालयको स्थापना गरिएको छ।</p> <p>सचिवालय स्थापनाका लागि आज बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको हो।</p> <p>बैठकले उक्त सचिवालय २४सै घण्टा सञ्चालनमा ल्याउने तयारी गरिरहेको सो मन्त्रालयले जनाएको छ।</p> <p>बैठकले बागमती प्रदेशको सबै सार्वजनिक यातायातको निगरानी गर्ने, विदेशबाट फर्केका व्यक्तिहररूको अभिलेख राख्ने, विभिन्न भीडभाड हुने स्थानमा हेल्थ डेक्स राख्ने निर्णय गरिएको मन्त्री जम्कट्टेलले बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्