काठमाडाैं। नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका वाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करबीच भएकाे वार्ता काेभिड-१९ विरूद्ध लड्ने उपायका साथै आपसी सहयोग बढाउने सम्बन्धमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै देशबीच औषधिलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्तिमा जोड दिँदै दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ को जोखिम घटाउन सीमा क्षेत्रमा प्रभावकारी निगरानी गर्नेबारेमा पनि छलफल गरेका थिए।
परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड-१९ बाट जोगाउन भारतले विशेषज्ञ र चिकित्सकहरू सम्मिलित द्रुत प्रतिकार्य टोली पठाउन प्रस्ताव गरेकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरेका थिए। रासस
" /> काठमाडाैं। नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका वाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करबीच भएकाे वार्ता काेभिड-१९ विरूद्ध लड्ने उपायका साथै आपसी सहयोग बढाउने सम्बन्धमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

">