काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कोभिड-१९ महामारीका विषयमा सम्बोधन गर्ने भन्ने खबर पाएदेखि सञ्चारमाध्यमका न्युजरुमहरूमा एकैखाले अनुमान भयो। त्यो थियो- नेपालमा पनि ‘लकडाउन’ घोषणा गरिँदैछ। त्यस्तै सम्भावना देखाएर सबैजसो सञ्चारमाध्यमले तुरुन्तै समाचार पनि प्रकाशन-प्रसारण गरे।
यो अनुमान आधारहीन भने थिएन। देशमा शुरूमा एकजनामा संक्रमण देखिएर निको भइसकेको भनिए बाहेक थपमा संक्रमण भएको अहिलेसम्म थाहा छैन। तथापि, संक्रमणको जोखिमबाट नेपाल मुक्त भने छैन। त्यसैले यो जोखिम न्यूनीकरण गर्न कम्तीमा आवतजावतमा प्रतिबन्ध लगाइन्छ भन्ने अनुमान गरिएको थियो।
प्रधानमन्त्रीको सम्बोधनमा ‘लकडाउन’ भन्ने शब्द नै त परेको छैन। तर, घोषित बन्दहरूले जनाउने अवस्था ‘लकडाउन’ भन्दा फरक होइन।
प्रधानमन्त्रीको घोषणामा निम्न क्षेत्र बन्द गरिएको उल्लेख छः
-९ चैतदेखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान
-९ चैतदेखि २१ चैतसम्म अत्यावश्यक सेवाबाहेकका सबै सेवा
-१० चैतदेखि लामो दूरीका सवारीसाधन
-भीडभाड हुने सबै सिनेमा घर लगायतका सबै स्थान
यसबाहेक स्थल सीमानाकाबाट हुने आवागमनमा स्वास्थ्य जाँच अनिवार्य गरिने जनाइएको छ।
यी सबै प्रावधानले खासगरी नेपालभित्र र बाहिर आवतजावत रोक्न खोजिएको स्पष्ट हुन्छ। भारतसँगको लामो खुला सीमा भएकाले स्थल सीमानाका तत्काल नै बन्द गर्न सकिने अवस्था नभएकाले स्वास्थ्य जाँचलाई जोड दिइएको छ।
त्यस्तै, लामो दूरीको यातायात बन्दले कुनै पनि शहरभित्र र बाहिर आवतजावतमा रोक लगाएको छ। सबैखाले सेवाप्रवाह बन्दले सरकारी र निजी कार्यालयमा हुने जमघटलाई कम गर्ने अपेक्षा गरिएको छ।
के यो लकडाउन होइन त ?
एकपटक लकडाउनका अभ्यास हेरौं।
अन्तर्राष्ट्रिय परिदृश्यमा ‘लकडाउन’ घोषणा गरिएका ठाउँमा कोभिड-१९ का संक्रमित फेला परिसकेका थिए। सबैभन्दा पहिला लकडाउन गरिएको ठाउँ थियो, चीनको वुहान। त्यहाँ महामारी शुरू हुनासाथ गरिएका मुख्य दुई बन्द थिए- शहरभित्र र बाहिर आवतजावत र शहरभित्रको सार्वजनिक यातायात।
इटलीमा पनि शुरूमा उत्तरी क्षेत्रमा प्रतिबन्ध लगाइएको थियो। त्यहाँ पनि तोकिएको क्षेत्र भित्र र बाहिर आवतजावतमा प्रतिबन्ध लगाइएको थियो।
नेपालको परिस्थिति यी दुईभन्दा थोरै फरक छ। त्यो हो- यहाँ संक्रमित देखिइसकेका छैनन्। तर, संक्रमण हुनसक्ने जोखिम देशैभर जहाँ पनि उत्तिकै छ। प्रधानमन्त्रीले पनि आफ्नो सम्बोधनमा ‘ढुक्क हुन सकिने अवस्था नरहेको’ उल्लेख गरेका छन्।
चीन र इटलीमा संक्रमण देखिएको ठाउँबाट बाहिर फैलिन नदिने र देखिएको क्षेत्रमा थप फैलिन नदिने चुनौती थियो। नेपाललाई संक्रमित व्यक्ति वा शरीरमा भाइरस भएका व्यक्ति (क्यारियर) नआऊन् भन्ने चुनौती छ। त्यसका लागि उसले थोरै फरक तर, उस्तै अभ्यास गरेको छ।
त्यसैले प्रधानमन्त्रीले नभने पनि अवस्था ‘लकडाउन’ हो।
लकडाउन हुँदैमा आत्तिइहाल्नुपर्ने अवस्था भने होइन। तर, थप सचेत र संयमित भने हुन जरुरी छ। पक्कै पनि यतिबेला जीवन सामान्य अवस्थाभन्दा कठोर हुनेछ। तर, यो कठिनाइलाई झेलेर जीवन सुचारु राख्नु त छँदैछ।
पढ्नुहोस्
९ चैतपछि पनि यी सेवा बन्द हुँदैनन्
प्रधानमन्त्रीको अपील- ‘भूकम्पको बेला जस्तै अप्ठेरो घडी आएको छ, साथ दिनुस्’
के हो लकडाउन ? कसरी भइरहेछ यसको अभ्यास ?
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कोभिड-१९ महामारीका विषयमा सम्बोधन गर्ने भन्ने खबर पाएदेखि सञ्चारमाध्यमका न्युजरुमहरूमा एकैखाले अनुमान भयो। त्यो थियो- नेपालमा पनि ‘लकडाउन’ घोषणा गरिँदैछ। त्यस्तै सम्भावना देखाएर सबैजसो सञ्चारमाध्यमले तुरुन्तै समाचार पनि प्रकाशन-प्रसारण गरे।यो अनुमान आधारहीन भने थिएन। देशमा शुरूमा एकजनामा संक्रमण देखिएर निको भइसकेको भनिए बाहेक थपमा संक्रमण भएको अहिलेसम्म थाहा छैन। तथापि, संक्रमणको जोखिमबाट नेपाल मुक्त भने छैन। त्यसैले यो जोखिम न्यूनीकरण गर्न कम्तीमा आवतजावतमा प्रतिबन्ध लगाइन्छ भन्ने अनुमान गरिएको थियो।

">