विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीको जोखिम कम गर्नका लागि नेपाल सरकारले ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपछि उनी आज नै स्वीडेन फर्किन लागेका हुन्। उनी मात्रै हैन, अन्य विदेशी पर्यटक पनि नेपालबाट बाहिरिने क्रम बढ्दो छ। त्यसैले पर्यटकहरूको भीड लाग्ने ठमेल अहिले सुनसान झैं छ। भएका पर्यटकहरू पनि धमाधम आफ्नै देश फर्किरहेका छन्।

बेलायतका विल पनि आफ्नी पत्नीसहित आज नै फर्कँदैछन्। उनी पनि आफ्नो देश फर्कँदा त्यति खुशी देखिँदैनन्। उनी भन्छन्, “घर त फर्कँदै छौँ तर, हाम्रो घर वरपरका पसलमा खाने कुरा छैन। कसरी गुजारा चलाउने ? चिन्तित छौँ।”

५ चैतमा बसेको कोरोना भाइरस संक्रमण (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले युरोप र खाडीसहितका विभिन्न ५५ देशबाट नेपाल आउने उडानमा रोक लगाएको छ।

जर्मनीकी मर्गरिटा इन्टेला नेपाल आएको दुई महीना भयो। उनी इलाम घुमेर भर्खरै काठमाडौं आइपुगेकी छन्। उनी नेपाल आउँदा जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको थिएन।

तर, उनी जर्मनीबाट आएको भन्ने थाहा पाएपछि नेपालीहरू उनीसँग डराउने गरेको उनले सुनाइन्। “मैले जर्मनीबाट कोरोना भाइरस ल्याएको छु भनेर डराउनुहुन्छ,” उनी भन्छिन्, “म यहाँ आएको दुई महीना भइसक्यो। मैले कोरोना ल्याएको छैन भन्दा भन्दै थाकिसकेँ।”

स्वीट्जरल्याण्डका टिमु घर छोडेको ६ महीनामा नेपाल आइपुगेका छन्। उनै साइकलमै यात्रा गरेर नेपाल आइपुगेका हुन्। कोभिड-१९को कारण नेपालमा अलपत्र पर्नसक्ने पर्यटकहरूका लागि उनले ह्वाट्स एप ग्रुप बनाएका छन्। त्यसमार्फत् कसैलाई सहयोगको आवश्यकता परेमासहयोग गर्न आफू तयार रहेको उनी बताउँछन्।

"> फर्कँदै गरेका पर्यटक भन्छन्- ‘नेपालमै सुरक्षित छौँ, उता के हुने हो ?’ (भिडिओसहित): Dekhapadhi
फर्कँदै गरेका पर्यटक भन्छन्- ‘नेपालमै सुरक्षित छौँ, उता के हुने हो ?’ (भिडिओसहित)
काठमाडौं। स्वीडेनका टोस्टन ओस ७ चैत दिउँसो ठमेललाई क्यामेरामा कैद गरिरहेका थिए। उनी आज (८ चैत) मा आफ्नो देश फर्किँदैछन्। त्यसैले हिजै सकेसम्म बढी तस्वीर कैद गर्दै थिए। उनको मुहारमा घर फर्किन लागेकोमा कुनै खुशी देखिएन।

"विश्वभरी भयावह स्थिति छ," उनी भन्छन्, "यो त तेस्रो विश्वयुद्ध जस्तै भएको छ।" तर, नेपालमा कोभिड-१९ अन्य देशमा झैं नफैलिएकोले आफू यहाँ सुरक्षित महशुस गरिरहेको उनले बताए। भन्छन्, “खुल्लम खुल्ला हिँडिरहेको छु। स्वीडेन पुगेपछि आइसोलेसनमा बस्नुपर्छ।”

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीको जोखिम कम गर्नका लागि नेपाल सरकारले ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपछि उनी आज नै स्वीडेन फर्किन लागेका हुन्। उनी मात्रै हैन, अन्य विदेशी पर्यटक पनि नेपालबाट बाहिरिने क्रम बढ्दो छ। त्यसैले पर्यटकहरूको भीड लाग्ने ठमेल अहिले सुनसान झैं छ। भएका पर्यटकहरू पनि धमाधम आफ्नै देश फर्किरहेका छन्।

बेलायतका विल पनि आफ्नी पत्नीसहित आज नै फर्कँदैछन्। उनी पनि आफ्नो देश फर्कँदा त्यति खुशी देखिँदैनन्। उनी भन्छन्, “घर त फर्कँदै छौँ तर, हाम्रो घर वरपरका पसलमा खाने कुरा छैन। कसरी गुजारा चलाउने ? चिन्तित छौँ।”

५ चैतमा बसेको कोरोना भाइरस संक्रमण (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले युरोप र खाडीसहितका विभिन्न ५५ देशबाट नेपाल आउने उडानमा रोक लगाएको छ।

जर्मनीकी मर्गरिटा इन्टेला नेपाल आएको दुई महीना भयो। उनी इलाम घुमेर भर्खरै काठमाडौं आइपुगेकी छन्। उनी नेपाल आउँदा जर्मनीमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको थिएन।

तर, उनी जर्मनीबाट आएको भन्ने थाहा पाएपछि नेपालीहरू उनीसँग डराउने गरेको उनले सुनाइन्। “मैले जर्मनीबाट कोरोना भाइरस ल्याएको छु भनेर डराउनुहुन्छ,” उनी भन्छिन्, “म यहाँ आएको दुई महीना भइसक्यो। मैले कोरोना ल्याएको छैन भन्दा भन्दै थाकिसकेँ।”

स्वीट्जरल्याण्डका टिमु घर छोडेको ६ महीनामा नेपाल आइपुगेका छन्। उनै साइकलमै यात्रा गरेर नेपाल आइपुगेका हुन्। कोभिड-१९को कारण नेपालमा अलपत्र पर्नसक्ने पर्यटकहरूका लागि उनले ह्वाट्स एप ग्रुप बनाएका छन्। त्यसमार्फत् कसैलाई सहयोगको आवश्यकता परेमासहयोग गर्न आफू तयार रहेको उनी बताउँछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्