काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेका छन्।
आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई त्यहाँस्थित नेपाली कूटनीतिक नियोगमा सम्पर्क राख्नसमेत अनुरोध गरेका छन्।
“मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदिबहिनी तथा दाजुभाइहरु रहँदै आउनु भएको छ, कोरोना भाइरसको महामारीका कारण तपाईंहरूलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ”, प्रधानमन्त्रीले भने, “यस घडीमा नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवश्यक पर्दा आफू रहेको देशको कूटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु।”
प्रधानमन्त्री ओलीले नेपाली नियोगहरूले विदेशमा रहेका नेपालीका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारीसमेत गराएका छन्।
पढ्नुहोस्
प्रधानमन्त्रीको अपील- ‘भूकम्पको बेला जस्तै अप्ठेरो घडी आएको छ, साथ दिनुस्’
प्रधानमन्त्रीले भने- ‘अर्थतन्त्रमा संकुचन आउन दिँदैनौं’
कोभिड-१९सँग जुध्न गठित सार्कस्तरीय कोषमा नेपालको १० करोड योगदान
देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक, पर्सिदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेका छन्।आज साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई त्यहाँस्थित नेपाली कूटनीतिक नियोगमा सम्पर्क राख्नसमेत अनुरोध गरेका छन्।

">